सामसङले ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपालमा सार्वजनिक गरेको छ। यि दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको छ। सामसङ इकोसिस्टमले सदा स्वस्थ, लायक बनाइराख्न चाहने आफ्ना ग्राहकहरुको लागि आफूलाई अद्यावधिक गराइरहने गरेको छ। आवश्यकताले होस् या स्टाइलले होस्, ग्राहकहरु सदैव अद्यावधिक गरि आफ्ना डिभाइसहरुबाट त्यसको माग गरिरहन्छन्। यही भएर नै ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न सामसङले अनुसन्धान कार्यलाई जारी राख्दै विभिन्न अवयवहरुलाई अझ उत्कृष्ट बनाउने गरेको छ।
ग्यालेक्सी बड्स २ प्रो

सामसङको ताररहित स्टेरीयो ग्यालेकसी बड्स २ प्रोले गहन श्रवणको अनुभव प्रदान गर्नेमा सामसङ विश्वस्त छ। जुन तपाईंको चारैतिर एकदम स्पष्ट स्वर उच्च गुणस्तरमा गुञ्जिन्छ । यसमा जडित ताररहित हाइ फाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले तपाईंलाई जस्तै भीडमा बसेर पनि युट्युबमा मन्त्रमुग्ध भएर कन्सर्ट अर्थात गितहरु सुन्नमा कुनै व्यवधान आउन दिंदैन। बड्स २ प्रोमा भएको शक्तिशाली सक्रिय ध्वनि रद्द गर्ने (एएनसि), जसलाई पहिलेको तुलनामा अधिक सुधभार गरिएको छ, त्यसको साथमा सबै बाहिरी हल्लाहरुमाथि नियन्त्रण प्राप्त गरी आफ्नो काममा मात्र ध्यान केन्द्रित गर्न तपाईंलाई सघाउँछ । एएनसिमा भएको स्तरोन्नतिको कारण जहाँ बसेर पनि इकोसिस्टममा जोडिन र ट्युन गर्न सक्षम बनाउछ ।
यसको एयर भेन्ट्स र विण्ड सिल्डमा गरिएको सामान्य सुधार र आकार सानो बनाइएकोले ग्यालेक्सी बड्स २ प्रोले सर्वोत्कृष्ट ध्वनिको गुणस्तर कायमै राखेर पर्याप्त हावा बहने ठाऊँ दिन्छ । यी सबै प्रयोगकर्ताहरुको सुविधा र सहजतालाई ध्यानमा राखेर परिवर्तन गरिएको हो। यी सम्पूर्ण विशेषताहरुले गर्दा ग्यालेक्सी बड्स २ प्रोको लाभ लिन यो डिभाइस सामसङ इकोसिस्टममा थपिनै पर्ने भएको छ। यसको बजार मूल्य रु. २७९९९/- कायम गरिएको छ।
उपकरणको नाम | मुल्य (नेपाली) |
सामसङले ग्यालेक्सी बड्स २ प्रो | रु. २७९९९/- |
यो पनि पढ्नुहोस्: सामसङ र हिम इलेक्ट्रोनिक्सको सहकार्यमा टेलिभिजन उद्योगको स्थापना
ग्यालेक्सी वाच ५ सिरिज

ग्यालेक्सी वाच ५ र वाच ५ प्रो आफ्ना ग्राहकहरुलाई उपयुक्त हुने गरी सामसङले विद्यमान उपकरणहरुको क्षमतालाई विस्तार गर्दै प्रस्तुत गरेको अर्को एक उदाहरण हो। यी डिभाइसका पहिलेको संस्करणलाई सुधार गरेर अत्याधुनिक बनाउँदै यसको ब्याट्री ब्याकअप, टिकाऊपन, लगायत उपकरणको सम्पूर्ण सुन्दरतामा स्तरोन्नति गरेको छ।
दुवै ग्यालेक्सी वाच ५ र वाच ५ प्रोमा भएको बायोएक्टिभ सेन्सरको प्रयोगले आफ्ना ग्राहकहरुलाई राम्ररी बुझन् सक्ने बनाइएको छ । बढाइएको सतह क्षेत्र र ग्राहकहरुको नाडीसंग धेरै सिधा सम्पर्क हुनाले अझ बढी सही रुपमा नाप्न सक्ने भएको छ र प्रयोगकर्ताहरुको स्वास्थ्य एवं कुशलताको बारेमा सुक्ष्म रुपले बुझन सबै सेन्सरहरुले एकसाथ काम गर्दछ। पहिलो पटक यो ग्यालेक्सी वाच जिपिएक्स जडित भएकोले वाच ५ प्रोले तपाईंको चालहरुको पनि रेकर्ड राखेर तपाईंलाई त्यस बारेमा जानकारी दिन्छ।
दुवै वाच ५ र वाच ५ प्रोमा शरीर संरचना मापन गर्ने यन्त्र जडान गरिएको छ, जसले प्रयोगकर्ताहरुलाई वर्कआउटहरु वा प्रशिक्षणद्वारा आफ्नो व्यक्तिगत लक्ष्य तोक्न सहयोग गर्दछ । यस्तै तपाईं विछ्यौनाबाट लड्नु भएमा वा ठेस लागेमा तपाईंले आकस्मिक कलको लागि सम्पर्कमा राख्नु भएकालाई त्यसको जानकारी दिने यन्त्र पनि यसमा राखिएको छ । यसैगरी तपाईं निदाउनु भएको स्कोरको ट्रयाक राख्ने, तपाईंको आरामको समय बढाउने जस्ता विशेषताहरुका साथै तपाईंको निन्द्रा खलबलिन नदिन बत्ति, एसि र टिभी समेतको तालमेल मिलाउने स्मार्ट थिङ्स एप पनि यसमा रहेका छन्।
ग्यालेक्सी वाच ५ प्रोले आफ्ना ग्राहकहरुलाई बाहिरी अनुभवहरु संगाल्न मद्दत गर्दछ, चाहे त्यो हाइकिङ्ग होस् या साइक्लिङ्ग। वाच ५ प्रो हरेक चुनौतीहरुका लागि तयार रहने गरी बनाइएको छ । यो नच्यातिने गरी डि बकल स्पोर्टस् ब्याण्डको साथमा धेरै टिकाऊ र स्लीक हुने गरी टाइटेनियम आवरणमा उपलब्ध छ। तपाईंले यी सबै विशेषताहरु आफ्नै व्यक्तिगत तवरमा मोडल, आकार, आवरण रङ्ग र स्ट्रयापमा १०३२ भिन्न भिन्न संयोजनहरु मध्येबाट छान्न सक्नु हुन्छ र मुल्यमा वाच ५ (४०एमएम) रु. ३९९९९/-, वाच ५ (४४एमएम) रु. ४४९९९/- वाच ५ प्रोको मुल्य रु. ६४९९९/- कायम गरिएको छ।
उपकरणको नाम | मुल्य (नेपाली) |
ग्यालेक्सी वाच ५ (४०एमएम) | रु. ३९९९९/- |
ग्यालेक्सी वाच ५ (४४एमएम) | रु. ४४९९९/- |
ग्यालेक्सी वाच ५ प्रो | रु. ६४९९९/- |