नेपालको प्रमुख टेलिकम अपरेटरहरूले आफ्नो ग्राहकलाई गिफ्ट सर्भिस दिरहेका छन्। आफ्नो साथी भाइ, परिवार अथवा नजिकको व्यक्तिलाई उपहार स्वरूप भोइस,एसएमएस र डाटा प्याकहरू पठाउन मिल्ने सेवालाई नै गिफ्ट प्याक सर्भिस भनिन्छ।
यो सर्भिस प्रयोग गरि भोइस, एसएमएस अथवा डाटा प्याक पठाउदा, उक्त प्याकको लागत तपाईको आफ्नो मुख्य ब्यालेन्स बाटनै घट्ने हुदा गिफ्ट प्याक पठाउनको लागि तपाईसँग पर्याप्त ब्यालेन्स हुनु जरुरी हुन्छ। यो सेवा प्रयोग गर्ने प्रक्रियाहरु निम्न रहेका छन्,
‘नेपाल टेलिकम’ एनटिसी मा गिफ्ट प्याक कसरी पठाउने?

एनटिसीमा गिफ्ट प्याक पठाउन को लागि वेब पोर्टल र मोबाइल एप गरि २ मुख्य तरिकाहरु छन।
वेब पोर्टल
- वेब पोर्टल बाट गिफ्ट पठाउन यहाँ क्लिक गनुहोस्, अथवा आफ्नो ब्राउजर खोलि https://offer.ntc.net.np/giftpack.aspx सर्च गर्नुहोस्।
- पहिलो टेक्स्ट बक्समा तपाईको आफ्नो फोन नम्बर राख्नहोस्।
- त्यसको तल गिफ्ट प्याक कसलाई पठाउन खोज्दै हुनुहुन्छ, उक्त ब्यक्ति को फोन नम्बर राख्नुहोस्।
- आफ्नो गिफ्ट छान्नुहोस् र जेनेरेट ओटिपि मा क्लिक गर्नुहोस्।
- अब तपाईँको नम्बरमा एक ओटिपि आउछ,उक्त ओटिपि राख्नुहोस्।
- तल क्याप्चा भर्नुहोस,अनि सेन्ड गिफ्ट बटनमा क्लिक गर्नुहोस्।
मोबाइल एप
- सुरुमा एपमा लग ईन हुनुहोस्।
- गिफ्ट आइकन मा क्लिक गरि गिफ्ट प्याक छनौट गर्नुहोस्।
- गिफ्ट पाउने व्यक्तिको फोन नम्बर राख्नुहोस्,र ओके मा क्लिक गर्नुहोस्।
- अब तपाईको मोबाइलमा ओटिपि आउछ,उक्त ओटिपि राखि ओकेमा क्लिक गनुहोस्।
यो पनि पढ्नुहोस्: एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क’: ऊक्लाको स्पीडटेस्ट
एनसेलमा गिफ्ट प्याक कसरी पठाउने?

त्यस्तै एनसेलमा पनि तपाईले आइभिआर, यूएसएसडी र मोबाइल एप गरि ३ तरिका बाट गिफ्ट प्याक पठाउन सक्नुहुन्छ।
आइभिआर
- आइभिआर मार्फत गिफ्ट पठाउन आफ्नो मोबाइल मा १७१११ डायल गरि दिएको प्रक्रिया अनुसार अघि बढ्न सक्नुहुन्छ।
यूएसएसडी
- आफ्नो मोबाइलमा *१७१११# डायल गर्नुहोस्।
- प्याक छान्नुहोस र सेन्ड मा क्लिक गर्नुहोस्।
- गिफ्ट पाउने ब्यक्तिको फोन नम्बर राखि सेन्डमा क्लिक गर्नुहोस्।
मोबाइल एप
- सुरुमा एनसेलको एपमा लग इन हुनुहोस्।
- तल दाया पट्टि को सर्च आइकनमा क्लिक गर्नुहोस्।
- अब सर्च बार मा गिफ्टिङ्ग (Gifting) सर्च गर्नुहोस्।
- गिफ्ट प्याक सेलेक्ट गर्नुहोस् र गिफ्ट प्याक पाउने ब्यक्तिको नम्बर राखी सेन्ड बटन मा क्लिक गर्नुहोस्।
- पेमेन्ट अप्सन चयन गरि कम्फर्म मा क्लिक गर्नुहोस्।
अन्तत, यि प्रक्रियाहरूबाट तपाईले पनि सहजै भोइस, एसएमएस, र डाटा प्याकहरु आफ्नो साथिभाई आफन्त र नजिकको व्यक्तिलाई गिफ्ट गर्न सक्नुहुन्छ। के तपाई टेलिकमद्वारा दिइने सेवाहरुबाट सन्तुष्ट हुनुहुन्छ? आफ्नो प्रतिक्रिया तल कमेन्ट गर्नुहोला।