ह्वावेव्दारा नेपालमा सिड्स फर द फ्युचर कार्यक्रमको शुरुवात – ICT विद्यार्थीहरुका लागि ग्लोबल फ्लयागशिप CSR कार्यक्रम

आफ्नो डिजिटल प्रतिभा विकास इकोसिस्टमको एक अंशको रूपमा ह्वावेले सिड्स फर द फ्युचरको शुरुवात गरेको छ – जुन आफ्नो ग्लोबल फ्लयागशिप CSR कार्यक्रम नेपालका सबै ICT सम्बन्धी बिषयहरुका स्नातक स्तरका विद्यार्थीहरुको लागि आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनको दौरान गरिएको हो । ह्वावेले नेपालमा यो कार्यक्रम ल्याएको यो पहिलो वर्ष हो । कार्यक्रम पहिलो पटक थाईल्याण्डमा २००८ मा शुरू भएको थियो । तब देखि १३० देश र क्षेत्रहरुबाट ९,००० विद्यार्थीहरु कार्यक्रममा सहभागी भइसकेका छन् । यस बर्ष एक प्रतिस्पर्धी आवेदन प्रक्रियाबाट छनौट गरी २० जना विद्यार्थीहरुले अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन पाउनेछन् । कार्यक्रममा ह्वावेले चयन समितिको समेत परिचय दिएको थियो जसमा प्रो. डा. शशिधर राम जोशी, प्रो. डा. सुवर्ण शाक्य र प्रो. तिमिला यामी रहनु भएको छ– उहाँहरु सबै ICT क्षेत्र का प्रतिष्ठित प्रोफेसरहरु हुनुहुन्छ ।

Huawei seeds for the future Nepal judges

यस कार्यक्रमले विद्यार्थीहरुलाई ८–दिने अन्तरक्रियात्मक अनलाइन अनुभव र नेपालमा आईसीटी उद्योगमा फर्स्ट–ह्यान्ड अन्तरदृष्टि प्रदान गर्दछ । अनलाइन कार्यक्रमको दौरान विद्यार्थीहरुले एन्ट्री लेभल र एड्भान्स्ड प्राबिधिक कोर्सेस् पाउने छन् जसमा छन्, क्लाउड कम्प्युटिंग र AI; भर्चुअल टुरको माध्यमबाट चीनको अनुभव; विशेषज्ञहरुबाट साइबरसुरक्षा देखि एयरोस्पेस उद्योग बारे विस्तृत दृष्टिकोण सुन्ने; अन्य देशहरुसंग क्रस–कल्चुरल एक्सचेन्ज सम्भव हुने अन्र्तक्रियात्मक र गतिशील कक्षा कोठामा समाबेश हुने; ”Tech4Good” समूह परियोजनामा भाग लिने; र ह्वावेको इतिहास र प्राविधिक विकासको एक झलक पाउने रहेको छ ।

विद्यार्थीहरुले ह्वावे नेपाल कार्यालयको भ्रमणको माध्यमबाट नेपालको ICT उद्योगमा फर्स्ट–ह्यान्ड अन्तरदृष्टि प्राप्त गर्ने छन् जहाँ उनीहरुलाई नेपालको ICT उद्योगमा ह्वावेको समृद्ध अनुभवसंग परिचय गराइनेछ; उद्योग विशेषज्ञहरुव्दारा कक्षा; र डिसेम्बरमा आयोजित एक रमणीय स्थानमा एक ह्वावे–निर्मित बेस स्टेशनको एक रात को यात्रा तय गरिने छ । कार्यक्रमको समापन तिर विद्यार्थीहरु अलुम्नाइ समुदायमा सम्मिलित हुनेछन् जहाँ आत्मियता गाढा गर्न एस्क्लुसिभ वेबिनार, राउन्ड टेबल संवाद, उत्सव कार्यक्रम आदि हरेक बर्ष आयोजना गरिनेछ ।

यो  कार्यक्रम उत्कृष्ट शैक्षिक पृष्ठभूमि भएको ICT विषयबाट स्नातक गरेका विद्यार्थीहरुको लागि खुला छ । विद्यार्थीहरुले www.seedsnepal.com बाट कार्यक्रममा आफ्नो नयाँ ट्रान्सक्रिप्ट वा आफ्नो संस्थाबाट सिफारिश पत्र र ६००-शब्दको एक प्रेरणा पत्र सामिल गरेर आवेदन दिन सक्छन् । चयन समितिले त्यसपछि सर्ट लिस्ट र एउटा फाइनल इन्टरभ्युबाट २० फाइनलिस्ट छनौट गर्नेछ ।

Huawei seeds for the future nepal launch apply

प्रेस मिटमा प्रो. यामीले कम्पनी र कार्यक्रमको लागि उत्साहजनक समर्थन व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरा सहकर्मीहरु र म यो भ्यालुएबल कार्यक्रमलाई सफल बनाउन धेरै मेहनत गर्नेछौं ।” ह्वावेको बारेमा बोल्दै गर्दा उहाँले नेपाली मिडियालाई ह्वावेको शुरुवातको इतिहासमा ध्यान केन्द्रित गर्न प्रोत्साहित गर्नुभयो किनकि ह्वावेको कथा संसारको लागि एक आदर्श प्रेरणादायी कहानी थियो । “ह्वावे एक सामान्य शुरुवातबाट आएर विश्वव्यापी प्रभावशाली कम्पनी बनेको छ ।” उहाँ विश्वस्त हुनुहुन्छ कि प्रतिभाशाली विद्यार्थीहरुद्वारा समर्थित, सिड्स फर द फ्युचरले सफलता पाउने छ र बदलामा कार्यक्रमले विद्यार्थीहरुको लागि इनोभेसनलाई प्रोत्साहित गर्दछ जुन नेपालको लागि ठूलो भ्यालुको हुनेछ ।

प्रो. डा. शशिधर राम जोशीले एकेडेमिया–उद्योग सहकार्यको महत्व माथि प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम एकेडेमिया–उद्योग सहकार्य प्रति धेरै राम्रो कदम हुनसक्छ, त्यसै कारणले म ह्वावेलाई धन्यवाद दिन चाहन्छु ।” उहाँले सबै मिडियाकर्मीहरुलाई यो कार्यक्रमको बारेमा समाचार फैलाउन अनुरोध गर्नुभयो ताकि हरेक ICT विद्यार्थीलाई यस कार्यक्रमको बारे थाहा होस् ।

प्रो. डा. सुवर्ण शाक्यले नेपालमा ह्वावेको कामको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा ह्वावेको विगत २१ बर्षको मेहनतलाई पहिले नै नेपाल सरकारले सराहना गरिसकेको छ किनकि ह्वावेलाई २०२१ मा राष्ट्रिय आईसीटी पुरस्कार (निजी क्षेत्र) बाट सम्मानित गरिएको थियो ।“ सिड्स फर द फ्यूचर नेपालको सन्दर्भमा उहाँले यो कार्यक्रम ह्वावेको धेरै राम्रो पहल रहेको भनी प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “ह्वावेले नेपालमा प्रतिभाशाली ICT विद्यार्थीहरुको लागि धेरै राम्रो अवसर प्रदान गरीरहेको छ । शिक्षा र उद्योगको सम्बन्ध धेरै महत्त्वपूर्ण छ । म सिड्स फर द फ्यूचरको लागि सफलताको कामना गर्दछु।”

Huawei Nepal CEO seeds for the future

ह्वावे टेक्नोलोजीज नेपाल प्रा.लि. का CEO विलियम झांगले समापन मन्तव्यको साथ कार्यक्रमको अन्त्य गर्नुभयो । नेपालका विद्यार्थीहरु उत्साहपूर्वक कार्यक्रममा सहभागी हुन्छन् भन्ने उहाँले आशा राख्नु भएको छ । उहाँले भन्नुभयो, “हाम्रो डिजिटल प्रतिभा विकास इकोसिस्टमको एक अंशको रूपमा अर्को ५ बर्षमा १०,००० ICT प्रतिभाहरुको नेपालमा विकास गर्ने हाम्रो लक्ष्य छ । डिजिटल प्रतिभा डिजिटल विकासको आधार हो । हामी आउँदो वर्ष नेपालमा डिजिटल प्रतिभाको विकासको लागि अन्य कार्यक्रमहरु शुरू गर्ने आशा गर्दछौं ।” नेपालमा ह्वावेको कामको सन्दर्भमा उहाँले भन्नुभयो, “ह्वावेले सबै ICT सरोकारवालाहरुसंग ब्रोडब्यान्ड कनेक्टिविटी, डाटा सेन्टर, क्लाउड र कम्प्युटिंग र अन्य नयाँ प्रविधिको माध्यमबाट नेपाली डिजिटल अर्थव्यवस्थाको आधार बनाउन नेपाललाई मद्दत गर्ने आशा गर्दछ । हामी २१ बर्ष देखि नेपालमा छौं । हाम्रो दूरसंचार, उद्यम र सार्वजनिक क्लाउड सेवा र सोलुसनव्दारा ह्वावेले सरकार, सार्वजनिक क्षेत्र, निजी व्यवसायहरु र डिजिटल रूपान्तरणमा रहेको आफ्ना सबै उद्योग डोमेनलाई सहयोग गरीरहेको छ । ह्वावे “इन नेपाल, फर नेपाल” हो । सिड्स फर द फ्यूचर जस्ता कार्यक्रमव्दारा ह्वावे एक कर्पोरेट नागरिकको रूपमा हाम्रा जिम्मेवारीहरु पूरा गर्न जारी राख्ने छ ।”

Leave a Comment