GSMA द्वारा एक नयाँ एशिया प्यासिफिक 5G उद्योग समुदायको गठनको घोषणा

शेयर गर्नुहोस

मोबाइल ३६० एशिया प्यासिफिकमा शुरू गरिएको APAC 5G उद्योग समुदाय मानिसहरुको लागि सिक्ने र उद्योग र उद्यमहरुको लागि 5G को लाभको वकालत गर्ने एक फोरम हो

GSMA ले आज मोबाइल ३६० एशिया प्यासिफिकमा एशिया पसिफिक (APAC) 5G उद्योग समुदायको गठनको घोषणा गरेको छ; एक नयाँ इकोसिस्टम जसले उद्योग ४.० डेलिभर गर्ने र 5G नेटवर्क, एज–क्लाउड सेवा, उद्यम IoT र AI बाट डिजिटल रूपान्तरणको अवसर खोज्नेहरुको लागि स्थापित भएको हो । यस समुदाय सरकार र एजेन्सी, उद्योग संघ, मोबाइल नेटवर्क प्रदायक, उद्यम र उद्योग प्लेयर्स, समाधान प्रदायक, विश्लेषक र सल्लाहकारहरु सहितको भ्यालु चेनमा रहेको स्टेकहोल्डरहरुको लागि डिजाइन गरीएको हो ।

APAC 5G उद्योग समुदाय १२ कन्ट्रिब्यूटिंग सदस्य साथै विद्यमान IoT र 5G उदीयमान बजार समुदायले बनेको छ जसमा ३० भन्दा बढी देशहरुमा ५०० भन्दा बढी सदस्यहरु रहेको छ । APAC 5G उद्योग समुदायको कन्ट्रिब्यूटिंग सदस्यहरुमा AIS, Axiata, DEPA, DHL, Globe, Huawei, Kominfo, Maxis, MDEC, Schneider Electric, Telkomsel र Viettel सामेल छन् ।

5G को महत्व

कोभिड-१९ महामारीले डिजिटल रूपान्तरणलाई तीव्र बनाएको छ र धेरै व्यवसायहरु 5G मा विशेष ध्यान केन्द्रित गरी नयाँ प्रविधिको साथ अगाडि बढिरहेका छन् । 5G ले २०२५ सम्म विश्व अर्थतन्त्रमा ५ ट्रिलियन डलरको योगदान पुराउने GSMA ले भविष्यवाणी  गरेको छ किनकि मोबाइल सेवाहरुको बृद्धिले प्रोडक्टिभिटि र दक्षतामा ल्याएको सुधारबाट देशहरु लाभान्वित हुन्छन । 5G ले यस अवधिको दौरान सबै आर्थिक क्षेत्रहरुलाई सेवा र निर्माणले लाभान्वित गराउनेछ ।

“कोभिड-१९ महामारीको समयमा मोबाइल इकोसिस्टमले मानिस, व्यवसाय र समाजको लागि एक जीवन रेखाको रूपमा काम गरेको छ । उद्योगले यसको फराकल प्रदर्शन गर्‍यो र हामी अब सम्भावनाको सीमाहरुलाई धकेल्दै जानु पर्छ । APAC 5G उद्योग समुदायको उद्देश्य 5G कनेक्टिविटीको ताकत अनलक गर्ने हो ताकि मानिसहरु, उद्योगहरु र समाज फस्टाउन् । हाम्रो उद्योगले यस समयमा गरिरहेको महत्वपूर्ण कामलाई समर्थन र विस्तार गर्न GSMA अग्रणी भूमिका निभाउन प्रतिबद्ध छ,” GSMA का एशिया प्यासिफिक प्रमुख जुलियन गोर्मनले भन्नुभयो ।

“हामी 5G उद्योग इनोभेसन, एप्लिकेसन र व्यापार अवसरको समर्थनको लागि एक सहयोग प्लेटफर्मको रूपमा APAC 5G उद्योग समुदायको गठनको घोषणा गर्न उत्साहित छौं ।”

“5G ले हाम्रो अर्थव्यवस्थाको ठोस डिजिटल रूपान्तरण सक्षम पार्नेछ र APAC 5G उद्योग समुदाय पहलको लक्ष्य MDEC संग रेजोनेट हुनेछ । हामी एक प्रगतिशील डिजिटल अर्थव्यवस्थाको नेतृत्व गर्नको लागि हाम्रो भिजनसंग र मलेशिया डिजिटल अर्थव्यवस्था ब्लूप्रिन्टको समर्थनमा दुबै सरकारी र निजी स्टेकहोल्डर्ससंग प्रभाबकारी सहयोगको लागि तत्पर छौं,” MDEC (मलेशिया डिजिटल इकोनोमी कर्पोरेशन) का
प्रमुख कार्यकारी अधिकृत, महाधीर अजीजले भन्नुभयो ।

“हालका वर्षहरुमा 5G कनेक्टेड सेवाहरुको व्यवहारिक पथको लागि उद्योगहरुलाई समर्थन गर्नको लागि ह्वावेले डिजिटल रूपान्तरणमा काम गरीरहेको छ । अब हामीसंग सबै सम्भावित उद्योगहरुको लागि APAC 5G उद्योग समुदाय फाउन्डेशनबाट एक चुस्त र ओपेन इकोसिस्टम अलायन्स प्लेटफर्म मार्फत कन्भर्जड प्रविधि र व्यापार साझेदार समाधानको अन्वेषण गर्नको लागि यो ट्रिलियन अमेरिकी डलर बजारको गेट खोल्ने एक सुनौलो अवसर छ ।

हामी समुदायको प्रमुख योगदानकर्ताहरुमध्ये एक बन्न पाएका छौं र APAC क्षेत्रमा अधिक व्यापार साझेदारहरु र संगठनहरुलाई संलग्न गर्नको लागि तत्पर छौं, “ह्वावे एशिया प्यासिफिक क्षेत्र, क्यारियर बिजनेस ग्रुपका अध्यक्ष डेनिस सियाओले भन्नुभयो ।

APAC 5G उद्योग समुदायको योगदान सदस्यहरुबाट थप इनसाइट र कमेन्ट्रीको लागि https://www.gsma.com/asia-pacific/whats-new/ap5gic/ मा जानुहोस् ।

दुई भागको कथा

उत्तर एशिया र ओशिनिया क्षेत्र 5G डिप्लोयमेन्ट को लागि विश्वव्यापी अग्रगामी भएपनि APAC मा अझै बाँकी क्षेत्रमा महत्वपूर्ण प्रगति गर्न सकिने ठाउँ छ । उद्योग, इकोसिस्टम विकास, इनोभेसन लाई शिक्षा र उचित वकालत को समर्थन दिन त्यहाँ एक उत्प्रेरणा रहेको छ ।

जस्तै, APAC 5G उद्योग समुदाय 5G र यसको उद्योग र उद्यमहरुको लागि यसको लाभको बारेमा सोच्ने व्यक्तिहरुको लागि एक प्लेटफार्म निर्माण गर्ने छ जसले साथीहरुसंग कनेक्ट हुन र मोबाइल इकोसिस्टमको आउँदो पुस्ताको निर्माण गर्न आफ्नो ज्ञान शेयर गर्ने छ ।

इकोसिस्टमको उद्देश्य

5G उद्योग समुदायको भागको रूपमा त्यहाँ तीन उद्योग इन्टरेस्ट समूहहरु छन्ः निर्माण, लजिस्टिक, पोर्ट र यातायात, र स्वास्थ्य सेवा । यी समूहहरु सदस्यहरुलाई मद्दत गर्नेछः

  • एक सिकाई संस्कृतिको प्रोत्साहनको लागि उद्योग साझेदारहरु र इनोभेटर्सहरुलाई इनोभेट गर्नको लागि 5G अनुभवहरु शेयर गर्ने
  • उद्योगको आवश्यकताहरु बुझ्ने, परिदृश्यहरु र 5G का एप्लिकेसनहरु एक्सप्लोर गर्ने
  • व्यावसायिक उपयोग, सन्दर्भ र उत्तम अभ्यासहरुलाई बढावा दिने
  • नेटवर्क, इकोसिस्टम र नयाँ साझेदारी निर्माण गर्ने

सामुदायिक सदस्यहरुको लागि अतिरिक्त लाभमा सामेल हुनेः

  • नयाँ 5G उद्योग विकास र इनसाईट भएको एक नियमित न्यूजलेटर
  • उद्योग इन्टरेस्ट समूह गतिविधिसम्म पहुँच
  • 5G उद्योग रिपोर्ट र केस अध्ययनमा समावेश
  • बोल्ने अवसर र GSMA 5G गतिविधिहरुमा प्रदर्शन गर्ने, अर्थात्, वेबिनार, सम्मेलन र एक नयाँ 5G भ्रमण
  • एक bespoke नेटवर्किंग सेवा जहाँ व्यवसाय इनोभेटर्स, सामाजिक प्रभाव उद्यम र मोबाइल अपरेटरहरुसंग मेल खान्छ

थप जानकारीका लागि, जानुहोस APAC 5G Industry Community


शेयर गर्नुहोस

Leave a Comment