सामसङले ल्यायो दशैं अफर २०८०: “सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !” अफरको साथ ।

दशैंको उल्लासमय माहोल बीच सामसङ नेपालले प्रस्तुत गरेको एक अविश्वसनीय उपभोक्ता प्रवद्र्धन योजनाको साथमा रम्न रमाउन तम्तयार हुनुहोस् । हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङ नेपालले आफ्ना विश्वासिला ग्राहकहरुको लागि एक उत्साहजनक ग्राहक प्रवद्र्धन योजना “सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !” शुरु गर्ने भएको छ । अब सम्हाल्नुहोस् आफूलाई किनकी, जब तपाईंले कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्नुहुन्छ,, तब तपाईंले त्यो उपकरण मात्र होइन, हरेक दिन उपहार स्वरुप रु.२,३३,९०० मूल्य बराबरको टिभिएस एनटर्क १२५ सिसि स्कूटर जित्ने अवसर पनि पाउनु हुनेछ ।

शिर्षक ले भने जस्तै, यो वर्ष सामसङ नेपालले हरेक दिन उपहारमा एउटा टिभिएस एनटर्क १२५ सिसि प्रदान गर्नेछ, जस अनुसार जम्मा २५ दिनमा २५ जना विजेताहरुले उक्त उपहार प्राप्त गर्नु हुने पक्का छ । यस योजना अन्तर्गत सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्नु हुने जो कोही ग्राहक यस योजनामा सहभागी बन्न सक्नु हुन्छ र शनिबार बाहेक हरेक दिन एक टिभिएस एनटर्क १२५ सिसिको भाग्यशाली विजेता बन्न सक्नु हुनेछ ।

शनिबार यो योजना नभएपनि शनिबारको दिन प्रवद्र्धन योजनामा सहभागी हुनु भएको ग्राहकहरुको नाम आइतबार गरिने लक्की ड्रमा सामेल गरिनेछ । योजना अवधिभरमा जम्मा २५ जना भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरिनेछ । यो योजना २०८० असोज ५ गते शुरु भई २०८० कार्तिक ३ गतेसम्म कायम रहनेछ । यद्यपि ग्राहकहरुले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्नु हुनेछ । असोज २ देखि असोज ५ सम्म प्राप्त भएका ईन्ट्रीहरुलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिनेछ । लक्की ड्र सातामा २ पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिनेछ ।

यो पनि पढ्नुहोस: सामसङले नेपालमा फाईभ जी प्रविधि शुरु गर्दै

सामसङ दशैं अफर २०८० मा सहभागी भई टिभिएस एनटर्क १२५ जित्न यि प्रक्रिया पूरा गर्नुहोस:

सामसङ नेपालको २५ टिभिएस एनटर्क १२५ सिसि जित्नका लागि सहभागी हुने प्रक्रियाहरुः

१. सामसङ स्मार्टफोन वा ट्याब्लेट खरीद गर्नुहोस ।
२. नयाँ खरीद गरिएको उपकरणको सिरियल नम्बर प्राप्त गर्न *#०६# डायल गर्नुहोस।
३. SAMSUNG<space>सिरियल नम्बर टाइप गरेर ३१००१ मा एसएमएस गर्नुहोस । उदाहरणको लागि मेसेज एस्तो हुनेछ: SAMSUNG XXXXXXXXXX।
४. यसपश्चात ईन्ट्रीको पुष्टि तुरुन्तै पाउनुहुनेछ र परिणामको प्रतिक्षा गर्नुपर्नेछ । विजयी सिरियल नम्बरहरुको घोषणा इमेज च्यानलमार्फत् गरिने लाइभ लक्की ड्रमा गरिनेछ, जुन परिणाम भोलीपल्ट सामसङको अफिसियल फेसबुक पेजमा पनि पोस्ट गरिनेछ ।

सामसङ दशैं अफर २०८०

यति मात्र होइन, तपाईंको लागि अर्को एक आकर्षक अफर पनि रहेको छ । तपाईंको लागि तपाईंले चाहनु भएको सामसङ स्मार्टफोन वा ट्याब्लेट सासमङको सुविधाजनक इन्स्टा फाइनान्स सुविधा अन्तर्गत मासिक किस्तामा ०% ब्याजदरका साथ किन्ने अवसर पनि छ। देशभरमा रहेका ३०० भन्दा बढी सासमङ इन्स्टा फाइनान्स सुविधा रहेको आउटलेटका साथै २२ वटा सामसङ एक्सपिरिएन्स स्टोरहरुबाट तपाईंले सजिलैसँग आफ्नो स्मार्टफोन अनुभवलाई आजै राम्रो बनाउन सक्नु हुनेछ, र यसको लागि मात्र लाग्नेछ थोरै मासिक किस्ता रकम । आजै अपग्रेड गर्नुहोस् !

Leave a Comment