फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरु डिजिटल वालेट

शेयर गर्नुहोस

फोनपे, नेपालको अग्रणी भुक्तानी संचालकले, पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट) लाई आफ्नो संजालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट, फोनपे नेटवर्कमा अन्तरआबद्ध हुनाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्युआर भुक्तानी कारोबारहरू गर्न सकिने भएको छ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले, फोनपे र मोरु डिजिटल वालेटका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। यस अन्तर-आबद्दताको साथमा, सम्पूर्ण मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूले फोनपे नेटवर्कमा अबस्थित नेपालभरका झण्डै चौध लाख व्यवसायी स्टोरहरुमा सहज रूपमा किफायती, सुविधाजनक र सुरक्षित क्यु.आर भुक्तानी गर्न सक्नेछन् ।

यो पनि पढ्नुहोस: एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी

फोनपेको भुक्तानी प्रणालीमा समावेश भयो  मोरु डिजिटल वालेट

“हामी मोरु डिजिटल वालेटलाई हाम्रो बढ्दो भुक्तानी इकोसिस्टममा स्वागत गर्न पाउँदा खुसी छौं। यो साझेदारीले  हाम्रा प्रयोगकर्ताहरूलाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्नको लागि सदैब तत्पर रहने हाम्रो दृष्टिकोणलाई दर्साएको छ । मोरु डिजिटल वालेटलाई हाम्रो नेटवर्कमा अन्तरआबद्ध गर्दै, हामीले हाम्रा ग्राहकहरूलाई भुक्तानीका विभिन्न विकल्पहरू प्रदान गर्नुको साथ-साथै  वित्तीय इकोसिस्टमलाई अझै फराकिलो बनाएका छौं।”

“हामी फोनपेसँग आबद्ध हुदै फोनपे नेटवर्कमा अबस्थित हुनुभएका देशभरका १४ लाख व्यवसायीहरु माझ, मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूको पहुच पुर्याउन पाउँदा अत्यन्तै खुसी छौं। प्रयोगकर्ताहरूले यो साझेदारीको साथ अन्य फोनपे सेवाहरूबाट पनि लाभ उठाउन सक्नेछन्। नयाँ पदत्तिका सेवाहरु अंगाल्दै र थप्दै, हामी हाम्रा ग्राहकहरूको डिजिटल यात्रालाई अझै सहज बनाउने क्रम मा निरन्तर अगाडी बढिरहेका छौ ।


शेयर गर्नुहोस

Leave a Comment