इन्ड्राइभको सेवा नेपालमा आधिकारिक रूपमा शुरु, चालकका लागि १०% सम्म कमिशन शुल्क लागु

शेयर गर्नुहोस

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ । इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्दछ । नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १०% सम्म कमिशन शुल्क लागू गरेको छ ।

पिपुल–टु–पिपुल मोडेल र ह्युमन ड्रिभन एप्रोचको कारणले इन्ड्राइभ एपको लोकप्रियता बढ्दै गएको छ । एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड–हेलिङ एपहरू जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुबैलाई स्वतन्त्र रूपमा सवारीको भाडा बार्गेन गर्न सकिने अद्वितीय सुविधा प्रदान गर्दछ । यसले यात्रुहरुलाई आफ्नो सवारीको भाडा निर्धारण गर्न र चालकसँग सीधै एप भित्रै बार्गेन गर्ने स्वतन्त्रता दिन्छ ।

इन्ड्राइभ एपमा यात्रुहरूले आफ्नो सवारीको लागि आँफै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारी साधनको मोडेल, चालकको रेटिङ र चालक आउन लाग्ने समयको आधारमा कुनै एउटा चालकको राइड अफर लिन सक्छन् । यो नयाँँ प्रणालीले चालकहरूलाई पनि आफूलाई उपयुक्त हुने राइड रिक्वेस्ट लिन, आफ्नै मूल्य राख्न र आफ्नो सहजता अनुसार राइड असेप्ट गर्ने अधिकार दिन्छ ।

यो पनि पढ्नुहोस: नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर २०८०: रु १८ मा १ दिन अल नेट भ्वाइस

इन्ड्राइभको नेपालमा आधिकारिक सुरुवात

इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भन्नुभयो “एउटा ब्राण्डको रुपमा इन्ड्राइभको मिशन भनेको अन्यायलाई चुनौती दिँदै १ अर्बभन्दा बढी मानिसहरुको लागि विश्वमा राम्रो ठाउँ बनाउनु हो । इन्ड्राइभ अब आधिकारिक रूपमा नेपालमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौँ । इन्ड्राइभले संसारभरका मानिसहरूलाई छनोटको स्वतन्त्रता दिन्छ । हाम्रो लागि नेपालको बजार अत्यन्तै महत्तवपूर्ण छ र हाम्रा सेवाहरूले नेपाली बजारमा नवीनता ल्याउने र रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।”

इन्ड्राइभ नेपालमा सेवाहरु
इन्ड्राइभका सेवाहरु

त्यस्तै इन्ड्राइभ नेपालको डिरेक्टर रीता पोखरेलले भन्नुभयो, “नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले यहाँको राइड–हेलिङ उद्योगमा नयाँ अध्यायको शुरुवात गरेको छ । इन्ड्राइभ अब नेपालमा आधिकारिक रूपमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौँ । हाम्रा प्रयोगकर्ताहरूलाई निर्बाध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर हाम्रो पेमेन्ट पार्ट्नरको रुपमा हामीले आइएमइसँग साझेदारी गरेका छौँ ।”

इन्ड्राइभका सेवाहरु

  • ट्याक्सी
  • मोटरसाइकल
  • डेलिभरी
  • अन्तर–शहर यात्रा (सिटी टु सिटी) राइड

मुख्य विशेषताहरुः

  • आफ्नै भाडा प्रस्ताव गर्न सकिने – आफ्नो प्रस्ताव स्वीकार गर्ने चालक पाउन सकिने या चालकको प्रस्ताव आफुले स्वीकार गर्न सकिने
  • चालक छनोट गर्न सकिने – चालकको रेटिङ र उनीहरूले कतिवटा राइड गरिसकेका छन् भन्ने कुरा हेर्न सकिने
  • आफ्नो रोजाइमा सुरक्षित हुन सकिने – इन्ड्राइभमा आउनु अगाडि प्रत्येक चालकको आधारभूत जानकारी र कागजातहरू एपमा समावेश हुनुपर्ने

यो पनि नाछुटाउनुहोस्: एनसेलले ल्यायो सुलभ दरमा बोर्डर रोमिङ प्याक: ५०० एमबी बोनस डेटा पनि पाइने

सुरक्षा अपडेट

  • यात्रु र चालक दुबैले एक अर्काको रेटिङ र तिनीहरूले पहिले गरेका यात्रा संख्याको आधारमा आफू कोसँग यात्रा गर्ने भनेर छनौट गर्न सकिने
  • सवारीको समयमा एपमा लाइभ राइड विवरण शेयर गर्न मिल्ने र सेभ अवर सोल्स ( एस्ओएस्) बटनको सुविधा
  • अप्रत्याशित परिस्थितिमा प्रयोगकर्ताहरूलाई छिटो सहयोग लिन सकिने र स्थितिको चाँडै समाधान गर्न कर्मचारीहरुसँग काम गर्न सकिने सुविधा

इन्ड्राइभ नेपालको डिरेक्टर रीता पोखरेलले भन्नुभयो, “नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले यहाँको राइड–हेलिङ उद्योगमा नयाँ अध्यायको शुरुवात गरेको छ । इन्ड्राइभ अब नेपालमा आधिकारिक रूपमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौँ । हाम्रा प्रयोगकर्ताहरूलाई निर्बाध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर हाम्रो पेमेन्ट पार्ट्नरको रुपमा हामीले आइएमइसँग साझेदारी गरेका छौँ ।”

नेपालमा तिन वर्षदेखि सन्चाचालनमा रहेपनि अब इन्ड्राइभले अहिले भने औपचारिक रुपमै नेपालमा आफ्नो सुरुवात गरेको हो ।


शेयर गर्नुहोस

Leave a Comment