हाम्रो पात्रो एप अब प्रिमियम सब्स्क्रिप्सनमा उपलब्ध, सुरुवाती शुल्क रु १०

हाम्रो पात्रो एप अब प्रिमियम सब्स्क्रिप्सनका साथ उपलब्ध भएको छ। यो सुविधाका साथ् अब एपले प्रयोगकर्तालाई विज्ञापन-रहित अनुभव र अन्य थप सुविधाहरू उपलब्ध गराउँदछ । यस पोस्टमा, हामी तपाईंलाई हाम्रो पात्रो प्रीमियम सदस्यता मूल्य र सुविधाहरूसँग परिचित गराउँछौं।

सब्स्क्रिप्सनमा आधारित हाम्रो पात्रो एप यसको पछिल्लो संस्करण १०.३.१ सँग उपलब्ध छ। अपडेटले प्रयोगकर्ता युजर इन्टरफेस र सदस्यता योजनाहरूबाहेक अन्य केही परिवर्तनहरू ल्याउँछ। यदि तपाईं अघिल्लो संस्करण प्रयोग गर्दै हुनुहुन्छ भने, सदस्यता सुविधाहरू सहित नवीनतम सुविधाहरू प्राप्त गर्न तपाईंले एप अपडेट गर्न आवश्यक छ।

कम्पनीकी फिनटेक अपरेशन निर्देशक सुदिना गौतमले प्रिमियम सदस्यता-आधारित हाम्रो पात्रो एपको बारेमा जानकारी दिइन। उनले अहिलेको लागि एन्ड्रोइड प्रयोगकर्ताहरूले मात्र सब्स्क्रिप्सन-मोडेलमा एप आउने जानकारी दिइन । तर उनले भनिन् कि आईफोन प्रयोगकर्ताहरूले पनि चाँडै नै यो सुविधा पाउनेछन्।

यो पनि पढ्नुहोस: एनसेलले सुरू गर्यो भोवाईफाई, आईफोनबाट सेवाको सुरुवात

हाम्रो पात्रो प्रिमियम एप शुल्क कति छ?

हाम्रो पात्रो प्रिमियम एपको सदस्यता मूल्य प्रति महिना १० रुपैयाँ छ। यो एक सुरुवात अफर हो त्यसैले यो चैत्र, २०८१ देखि प्रति महिना १९९ रुपैयाँ र प्रति वर्ष २००० रुपैयाँबाट सुरु हुनेछ। यस “आधारभूत (BASIC)” सदस्यता शुल्क हो।अर्को सदस्यता मोडेल “प्रिमियम (PREMIUM)” हो जसको लागत प्रति महिना २९९ रुपैयाँ वा वार्षिक ३,००० रुपैयाँ छ। शीर्ष सदस्यता श्रेणी “प्रिमियम प्लस (PREMIUM PLUS)” हो जसको शुल्क प्रति महिना ५९९ रुपैयाँ र प्रति वर्ष ६,००० रुपैयाँ रहेको छ।

हाम्रो पात्रो एपको फरक-फरक सदस्यता योजनाका फरक-फरक फाइदाहरू छन्। यदि तपाईंले यो “आधारभूत” सदस्यता योजनाको सदस्यता लिनुभयो भने, तपाईंले पूर्ण-स्क्रिन विज्ञापन बिनै एप प्रयोग गर्न पाउनुहुनेछ ।

त्यस्तै गरी, यदि तपाईंले “प्रिमियम” सदस्यता खरिद गर्नुभयो भने, तपाईंले पूर्ण रुपमा विज्ञापन-रहित अनुभव र गुगल क्यालेन्डर सिंकको आनन्द लिनुहुन्छ। “प्रिमियम प्लस” योजनाको लागि, तपाईंले विज्ञापन-रहित अनुभव, गुगल क्यालेन्डर सिंक, ओटिटि (OTT)मा पहुँचका साथै वीवीध सुविधाहरुमा छुट पाउनुहुनेछ।

यो पनि: नेपाल टेलिकमको एनटि टिभीमा “अ ला कार्टा लागु”, अब चाहेको टिभी च्यानल मात्र रोज्न मिल्ने

प्रिमियम हाम्रो पात्रो एपको सदस्यता कसरी लिने?

प्रिमियम हाम्रो पात्रो एपको सदस्यता लिन तलका चरणहरू पालना गर्नुहोस्:

  • हाम्रो पात्रो एप खोल्नुहोस
  • दायाँपट्टि रहेको प्रोफाइल आइकनमा ट्याप गर्नुहोस
  • सदस्यता विकल्पमा ट्याप गर्नुहोस्
  • आफ्नो सदस्यता योजना छनौट गर्नुहोस
  • हाम्रो पे वा स्ट्राइप मार्फत शुल्क तिर्ने विकल्प छनौट गर्नुहोस् र भुक्तानी गर्नुहोस्

नोट: यदि तपाईंले सदस्यता विकल्प देख्नुभएन भने, तपाईंले आफ्नो मोबाइलमा रहेको हाम्रो पात्रो एपलाई यसको पछिल्लो संस्करणमा अद्यावधिक गर्न आवश्यक छ।

Leave a Comment