दराज शपिङ्गमा “महाबचत बजार” अभियान सुरु

शेयर गर्नुहोस

नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान लिएर आएको छ । दराजको यस अभियान यही १२ देखी १्र९ साउन सम्म लागू हुनेछ । यस ८ दिने सेल अभियानमा हुने बचत भाउचर, बचत अफर, निशुल्क डेलिभरी, र अन्य धेरै अवसर पाई ग्राहकहरुले चिताएका हरेक सामानमा भारि बचत गर्न सक्नेछन् । यसबाहेक, ग्राहकहरूले इसेवा मार्फत थप २०५ ९रु १००० सम्म०, र पार्टनर बैंकका (मेगा बैंक, सनिमा बैंक, नबिल बैंक, ग्लोबल आईएमई, माछापुछ्रे बैंक, एनएमबी, एनआईसी एशिया, कुमारी बैंक, सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक) डेबिट र क्रेडिट कार्ड मार्फत प्रीपेमेन्ट गर्दा थप १५५ ९रु २००० सम्म छुट पाउन सक्छन्।

यस अभियान मार्फत ग्राहकहरुले अन्य धेरै पुरस्कार पनि जित्नसक्नेछन जसमा सुजुकी बर्गम्यान स्ट्रीट १२५ सीसी महा बम्पर पुरस्कारको रूपमा छ । अर्को ठुलो पुरष्कार भनेको आईफोन एसई रहेको छ जुन इसेवा र दराज द्वारा संचालित वान रुपी गेम मार्फत जित्न सकिन्छ । यस गेम मार्फत ग्राहकहरुले अरू धेरै पुरस्कारहरू पनि जित्न सक्दछन्, जस्तै सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर

अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्राण्डहरू जस्तै सुजुकी, क्यालिबर, सीजी, कन्भर्स, फ्यान्टेक, होम ग्लोरी, जुआस, एलजी, लोट्टो, मन्त्र, मिडिया, ओरिफ्लेम, पाल्सनिक, पुलिस, रंगोली, सोपवर्क्स, सोनी, टाइटन, भ्यान्स, भिडियोकन, व्हर्लपूल र अधिकको अभियानमा सहभागी बनेका छन् र अतिरिक्त भाउचरका साथ् र ठूलो मूल्य कटौती पनि दिँदैछन् ।

“ शपिंग हालसालैका विश्व घटनाहरू पछि सदाको लागि परिवर्तन भएको छ । यस अभियानको माध्यमबाट हामी फेरि शपिंगमा रमाइलोपन ल्याउन चाहन्छौं। हामी केवल सुविधा र सहजता मात्र प्रदान गरिरहेका छैनौं, साथमा लाइभ भिडियोहरू, अनलाइन गेमहरु खेलहरू र सामाजिक मिडिया प्रतियोगिताहरू मार्फत मनोरन्जन पनि प्रदान गर्दै छौँ।” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने ।

हालका तथ्यांकले देखाउँदछ कि यस अभियानमा १ लाख भन्दा बढी ग्राहकहरू भाउचर र अफरहरु हातपार्न एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन। त्यसैले दाराजले आफ्ना प्रयोगकर्ताहरूलाई फोनमा दराज नोटिफिकेसन खोल्न, र किन्न चाहेका वस्तुहरू कार्टमा अभियान अघिनै हाल्न सल्लाह दिंदै आएको छ।

थप जानकारीका लागि दराज एप डाउनलोड गर्नुहोस् वा तल दिएको लिङ्कमा जानुहोस ।

Daraz Mahabachat Bazar


शेयर गर्नुहोस

Leave a Comment