नेपाल टेलिकमद्वारा प्रदान गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जान्छ । त्यस्तै विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिन्छ ।
तर समयमा नै रिचार्ज नगरे सेवा नै बन्द हुन सक्छ । जान्नुस होस कुन कुन अवस्थामा नेपाल टेलिकमको सिम कार्ड बन्द हुन्छ र कती समय सम्म मा रेचार्ज गर्नु पर्छ ।
(क) प्रिपेड सिमकार्ड
कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु (SIM activate) गर्न १४१५ मा डायल गरी वा ८ज्ञद्धज्ञद्ध३ मा डायल गरी विकल्पहरु छनौट गर्नुपर्दछ । नयाँ सिमको सेवा प्रयोग गर्न सकिने अवधि १८० दिन हुने भएकाले SIM activate गरेपश्चात् सो अवधिसम्म Top Up नगरेपनि उक्त सिमकार्ड प्रयोग गर्न सकिन्छ ।
प्रिपेड सिमकार्डमा रु. ५० Top up गर्दा ३० दिन, रु. १०० recharge गर्दा ६० दिन, रु. ५०० recharge गर्दा एक वर्ष र रु. १००० Top up गर्दा अधिकतम दुई वर्ष सिम प्रयोग गर्न सकिने अवधि थपिन्छ ।
न्यूनतम रकम (अर्थात् एक पैसा पनि बाँकी) नभएको वा सिम प्रयोग अवधि समाप्त भएको अवस्थामा प्रिपेड सिमकार्ड तत्काल एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । सेवा एकतर्फी मात्र भएको ३० दिनभित्र उक्त सिमकार्ड Top Up गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा पूरै बन्द हुन्छ । दुईतर्फी सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम Frozen अवस्थामा पुग्छ । Frozen अवस्थामा पुगेपछि उक्त सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुन्छ ।
कुनै सिमकार्डमा सञ्चित रकम भएतापनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएमा उक्त सिमकार्ड दुईतर्फी सेवा बन्द हुने अवस्थामा पुग्छ । यसरी दुईतर्फी सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र Top up गरिएमा Top up गरिएको रकममा पुरानो सञ्चित रकम जोडिएर आउँछ । तर सिम प्रयोग गर्न सकिने अवधि भने नयाँ Top up गरिएको रकम अनुसार मात्र थप हुन्छ । कुनै सिम कार्ड Frozen मा गएपछि कम्पनीले आवश्यकता अनुसार कुनैपनि समयमा Recycle गरी नयाँ ग्राहकलाई उपलब्ध गराउन सक्दछ ।
(ख) पोस्टपेड सिमकार्ड
सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम (Due Amount) उक्त मोबाइलको Credit Limit भन्दा बढी भएमा सेवा एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल उठ्दैन ।
नब्बे दिनसम्म पनि Due Amount भुक्तानी गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा बन्द हुन्छ र सिम Frozen मा जान्छ । Frozen मा रहेको ९० दिनभित्रमै सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी नजिकको दुरसञ्चार कार्यालयमा गई (वा फोन÷इमेलमार्फत) जानकारी गराउनु पर्छ । उक्त ९० दिनभित्र भुक्तानी नगरेमा सिम स्थायी रुपमा बन्द (Terminate) हुन्छ ।
ग्राहकको सिम Terminate अवस्थामा पुगेपछि ग्राहकले सोही सिम प्राप्त गरी प्रयोग गर्न चाहेमा १८० दिनभित्र रु. ५६० Reconnecting fee भुक्तानी गरी सोही सिम नम्बर प्राप्त गर्न सकिन्छ । सिम terminate भएको १८० दिन पश्चात कम्पनीले सिम recycle गर्नसक्ने भएकाले अन्य साधारण सिम सरह नै कुनै पनि ग्राहकलाई नियमानुसारको रकममा उक्त सिम बिक्री वितरण गर्न सक्दछ ।
(ग) विदेशबाट Top Up गरी सेवा प्रयोग गर्न सकिने अवधि थप गर्ने
विदेश जाँदा सँगै लगेको Prepaid/Pospaid SIM online banking, भुक्तानी सेवा प्रदायक आदि मार्फत विदेशबाटै त्यउ ग्उ गरी सिम प्रयोग गर्न सकिने अवधि थप गर्न सकिन्छ । यसरी अवधि थप गर्दै Active अवस्थामा राखिएका सिमकार्ड स्वदेश आउनासाथ सहज रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।