जुन ६ देखि ९ सम्म भएको 3GPP RAN#96 प्लिनरी बैठकमा तेस्रो पुस्ता पार्टनरसिप परियोजना (3GPP) ले अपर 6GHz स्पेक्ट्रम (U6G, 6425-7125 MHz) को रिलीज 17 को पार्ट, NR नम्बर n104 को लागि IMT लाइसेन्स ब्यान्डको रूपमा अनुमोदन कार्य पूरा गरेको छ । 3GPP ले यस स्पेक्ट्रमको लागि उत्पादनहरू विकास गर्न उद्योग चेनको लागि स्टान्डर्ड आधार प्रदान गर्न नेटवर्क र प्रयोगकर्ता उपकरण दुवैको लागि यस ब्यान्डको RF स्पेसिफिकेशनहरू स्वीकृत गरेको छ । यस बैठकमा रिलीज 18 को पार्टको रूपमा IMT को लागि सम्पूर्ण 6 GHz ब्यान्ड (5925–7125 MHz) स्पेसिफाई गर्न जारी प्रयासहरूलाई निरन्तरता दिने सम्बन्धमा एक प्रस्ताव पनि पेश गरिएको थियो । यो सम्पूर्ण 6 GHz ब्यान्डलाई IMT लाइसेन्स ब्यान्ड बनाउने प्रक्रिया एक प्रमुख माइलस्टोन हो ।
मोबाइल उद्योग डिजिटल रूपान्तरणको इन्जिन हो जसलाई 6 GHz जस्ता मिड-ब्यान्ड स्पेक्ट्रमले फिउल गर्छ ।
देशको राष्ट्रिय विकास रणनीतिहरू कार्यान्वयन गर्न मोबाइल सञ्चार महत्त्वपूर्ण स्तम्भ भएको छ र मोबाइल उद्योगको दिगो विकास राष्ट्रिय डिजिटल रूपान्तरणको लागि महत्वपूर्ण छ । ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन्स एसोसिएसन (GSMA) ले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (ITU) द्वारा प्रस्तावित 5G डाटा दरहरूको भिजनलाई साकार पार्न २०१५ देखि २०३० सम्ममा कम्तीमा 2 GHz मिड-ब्यान्ड स्पेक्ट्रम जारी गर्न मुलुकहरूलाई आग्रह गरेको छ । 5925 MHz देखि 7125 MHz सम्मको 6 GHz ब्यान्ड मिड-ब्यान्ड स्पेक्ट्रमको महत्त्वपूर्ण भाग रहेको छ । कभरेजमा कम ब्यान्ड र क्षमतामा उच्च ब्यान्डको फाइदाहरू प्रदान गर्दै यसले अपरेटरहरूलाई कम प्रति-बिट लागतमा सर्वव्यापी 5G उच्च-ब्यान्डविथ सेवाहरू प्रदान गर्न सक्षम बनाउँछ, इमर्जिगं 5G सेवाहरूको निरन्तर इनोभेसनलाई बढावा दिन्छ र समाजमा डिजिटल रूपान्तरणलाई गति दिन्छ ।
मोबाइल उद्योगमा 6 GHz को मानकीकरण प्रक्रिया र इकोसिस्टम विकासलाई गति दिन विश्वव्यापी प्रयासहरू ।
3GPP द्वारा डिसेम्बर १७, २०२१ मा RAN प्लिनरी बैठकमा प्रारम्भ भएको आधा वर्ष पछि नयाँ IMT लाइसेन्स ब्यान्डको रूपमा U6G को मानकीकरण पूरा भएको छ । यसका लागि विश्वव्यापी अपरेटर, उपकरण विक्रेता, उपकरण र चिपसेट विक्रेता र अन्य उद्योग साझेदारहरूको संयुक्त प्रयासलाई श्रेय दिइएको छ । यसले U6G लाई IMT लाइसेन्स ब्यान्डको रूपमा छिटो प्रवर्द्धन गर्ने मोबाइल उद्योगको संकल्प पनि देखाउँदछ । U6G को लागि मानकीकृत RF स्पेसिफिकेशनहरूले मोबाइल नेटवर्क, उपकरण र इकोसिस्टम विकास गर्न उद्योग चेनलाई बढावा दिनेछ । हाल, 6 GHz IMT मा फिल्ड परीक्षणहरू राम्ररी चलिरहेको छ जसले २०२५ सम्म 6 GHz IMT को पूर्व-व्यावसायिक तैनाती लागू गर्न बाटो बनाउँदैछ ।
विश्वव्यापी IMT ब्यान्डको रूपमा उदाउन 6 GHz को लागि WRC-23 छोड्न नसकिने चरण हो ।
अर्को विश्व रेडियोसञ्चार सम्मेलन (WRC) २०२३ मा आयोजना हुनेछ र यसले सरकारहरूलाई 6 GHz रणनीतिहरू समन्वय गर्ने र विश्वव्यापी रूपमा दूरसंचार इकोसिस्टम कसरी विकास गर्ने भनेर छलफल गर्ने सुनौलो अवसर प्रदान गर्दछ । मोबाइल उद्योगले U6G लाई कसरी IMT सेवा दिने भन्नेमा प्राथमिक सहमतिमा पुगेको छ । WRC-23 मा AI 1.2 लाई U6G IMT मा नामित गर्न WRC-19 मा संकल्प लिइएको थियो । धेरै देशहरू र क्षेत्रहरूले मोबाइल उद्योगको विकासलाई कायम राख्न 6 GHz कत्तिको महत्त्वपूर्ण छ भनेर बुझेको हामी देखिरहेका छौं । हामी विश्वस्त छौं कि डिजिटल रूपान्तरणलाई गति दिन U6G लाई विश्वव्यापी IMT लाइसेन्स प्राप्त ब्यान्डको रूपमा प्रवर्द्धन गर्न धेरै देशहरू र क्षेत्रहरूले मिलेर काम गर्नेछन् ।