एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक “रिचार्जमा बोनस” योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्नेछन्।
यो योजना भदौ २८ गते मंगलबार देखि संचालनमा आएको छ। अब एनसेलका ग्राहकले रु १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने रु १० बोनस स्वरुप प्राप्त गर्नेछन्। यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ।

यस योजना अन्तर्गत यदि ग्राहकहरुले एक दिनमा एकै पटक वा पटक–पटक गरि रु १५० रिचार्ज गरेमा रु २० बोनस स्वरुप प्राप्त गर्नेछन्। प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहन्छ। त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि रु २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा रु ४० बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। यो बोनस रकम भने ७ दिनको लागि मान्य हुनेछ।
यो पनि पढ्नुहोस्: एनसेलको ‘एनसेल भोल्टे’ सेवा संचालनमा
यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्नेछन्। प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन्।
आफ्ना ग्राहककालागि रु १०० वा सोभन्दा बढिको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्तित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । यस योजनाले ग्राहकलाई चाडवाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदान प्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।
दैनिक रिचार्ज | बोनस ब्यालेन्स | बोनस ब्यालेन्सको समयावधि |
---|---|---|
रु १०० | रु १० | १ दिन |
रु १५० | रु २० | ३ दिन |
रु २०० | रु ४० | ७ दिन |
तपाईलाइ एनसेलको यो अफर कस्तो लाग्यो? कृपया आफ्नो प्रतिक्रिया तल कमेन्ट गर्नुहोला। यस्तै प्रविधि र दुरसंचार सम्बन्धी समाचार र जानकारीहरुका लागि हामीसाँग फेसबुकमा जोडिन सक्नुहुन्छ।