आजबाट एमडीएमएस प्रणाली लागु, कस्ता फोनहरु नचल्ने?

शेयर गर्नुहोस

नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) प्रणाली सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात रोक्नका लागी आजदेखि यो प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

यो प्रणाली नेपालमा अनधिकृत रुपमा भित्रिने मोबाइल फोनहरुलाई नियन्त्रण गर्ने उच्च प्रविधि रहेको प्राधिकरणले जनाएको छ । यस प्रणालीको कार्यान्वयन सँगै नेपाल भित्रिने सबै मोवाइलहरु दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा ती मोवाइलहरु नेपालमा सञ्चालन हुने छैनन् ।

यो पनि पढ्नुहोस्: गिफ्ट प्याक के हो? कसरी प्रयोग गर्ने: भिडियो सहित।

यो प्रणाली लागु हुनुभन्दा अघिका मोवाइलहरु स्वतः दर्ता हुनेछन् भने भाद्र ३० पछि भित्रिने सबै मोबाइल दर्ता गर्नुपर्ने छ । ग्रहाकहरुले मोवाइल खरिद गर्दा यो एमडीएमएस प्रणालीमा दर्ता भए नभएको बुझेर मात्रै खरिद गर्न प्राधिकरणले सुचित गरेको छ । प्रणालीमा दर्ता भए नभएको जान्नका लागि यहाँ क्लिक गनुहोस्।

यो प्रणालीले मोबाइल सेटको गैरकानुनी आयातलाई रोकि यस सम्बन्धि अपराधहरु हुन नदिन महत्वपूर्ण भुमिका खेल्ने प्राधिकरणले जनाएको छ ।


शेयर गर्नुहोस

Leave a Comment