नेपालमा ई–सिम वितरण सुरु, के हो ई–सिम?

शेयर गर्नुहोस

नेपाल टेलिकमले ई–सिमको वितरण सुरु गरेको छ। भाद्र ३१ गते शुक्रबार सुन्धारा स्थीत दूरसञ्चार कार्यालयबाट कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण सुरु गरिएको हो । अब ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले यो नयाँ प्रविधिको सिम प्राप्त गर्न सक्ने छन् ।

हाल भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड दुवै सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई पनि हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने भएको छ । त्यस्तै नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ ।

यो पनि पढ्नुहोस्: दराजले आइसिटी अवार्ड २०२२ को लागि ‘इकमर्श पार्टनर’ को रुपमा सहकार्य गर्ने

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । हाल ई–सिम दैनिक ५० कोटामा माात्रै वितरण भैरहेको छ भने केहि दिनमै यो सेवा विस्तार हुने टेलिकमले बताएको छ।

के हो ई–सिम?

What is esim in nepali

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक ईम्बेडेड सिम हो । हाल प्रयोगमा आइरहेको भौतिक सिमलाई विस्थापित गर्नका लागि यो सिमको प्रयोगमा जोड दिइदै छ । साधारण भौतिक सिमको तुलनामा यो सिम बढी सुरक्षित र प्रयोगमा पनि सहज भएको हुँदा हाल अधिकांस फोनहरुमा भौतिक सिमका साथसाथै ई–सिमको सुविधा पनि दिन थालिएको छ ।

केहि समय अधि मात्र सार्वजनिक भएको आफोन १४ को अमेरीकी मोडलहरुमा भने भैतिक सिमलाई पूर्ण विस्थापित गरिएको छ । यसैकारण भविष्यमा अउने सबै जस्ता मोबाइलहरुमा भौतिक सिम नहुने अफवााहहरु पनि उत्तिकै आइरहेका छन् । यो सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । त्यस्तै हाल प्रयोगमा भएका सिमहरुलाई परिवर्तन नगरि यसको फइदा लिन सकिन्छ । ई–सिम बाट फोन गर्ने, डाटा चलाउने लगायत अरु साधारण सिमबाट गर्न सकिने सबै कार्यहरु गर्न मिल्दछ ।

मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच लगायत अरु विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ । हाल नेपाल टेलिकमका सबै प्रयोगकर्ताले ई–सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम खरिद गरि यसबाट लाभ लिन सक्नेछन् । के तपाईको मोबाईलमा ई–सिम सपोर्ट छ? कृपया कमेन्ट गर्नुहोला ।


शेयर गर्नुहोस

Leave a Comment