टेलिकमले एकैपटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालनमा ल्याउँदै

शेयर गर्नुहोस

नेपाल टेलिकमले ग्राहकहरुलाई मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालनमा ल्याउने भएको छ । टेलिकमले मंगलबारदेखि लागुहुने गरि कात्तिक २१ गतेसम्मको लागि यो सेवा ल्याउने भएको हो ।

यो अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ । प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा एक हजार मात्र लाग्नेछ ।

त्यसैगरी दुई हजार ५०० मा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र ५ हजारमा १० दिन भित्रमा दश हजार एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर नलाग्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

एसएमएस अवधिमुल्य
२,००० एसएमएस२ दिन१,०००/-
५,००० एसएमएस५ दिन२,५००/-
१०,००० एसएमएस१० दिन५,०००/-

टेलिकमका अनुसार यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ । साथै, प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ । 

यो पनि पढ्नुहोस्: नेपालमा ई–सिम वितरण सुरु, के हो ई–सिम?

यो सेवा प्रयोग गर्नका लागि यहाँ क्लिक गरी लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो मोबाइलमा भएका नम्बरहरु एक्सएल सीट मार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।


शेयर गर्नुहोस

Leave a Comment