२०२० मा विश्वको सबैभन्दा नवीन कम्पनीहरूमा हुवावे छैटौं स्थानमा

बोस्टन परामर्श समूह बीसीजीले जून २२, २०२० मा २०२० का लागि ५० सबैभन्दा नवीन कम्पनीहरू’ मा एउटा सूची प्रकाशित गरेको छ । सूची बनाउने व्यहोरा २५,००० ग्लोबल इनोवेशन एग्जिक्युटिभ्सको एक सर्वेक्षणमा आधारित छ र ग्लोबल “माइन्डशेर”, उद्योग अवरोध, उद्योग पियर दृश्य र मूल्यनिर्माणको चार आयाममा कम्पनीको प्रदर्शन मूल्यांकन गर्दछ ।

यस बर्ष बीसीजीले एक नयाँ स्कोरिंग आयाम पनि थपेको छ जुनले प्रत्येक कम्पनीको विविधता र उल्लेखनीय कार्यको दर समेट्छ साथै स्थापित उद्योग प्रवेश बाधा उल्लंघन गर्ने र यो बाहिरको बजारमा सहभागी हुने क्षमताको आकलन गर्दछ ।

बोस्टन परामर्श समूहले व्यवसाय र समाजका नेताहरूसँग उनीहरूको अत्यन्त महत्त्वपूर्ण चुनौतीहरूको सामना गर्न र उनीहरूको सबैभन्दा ठूलो अवसरहरू हात पार्न साझेदारी गर्दछ । १९६३ मा स्थापना भएपछि बीसीजी व्यापार रणनीतिमा अग्रणी भएको हो । बीसीजीको सबैभन्दा नवीन कम्पनीहरूको लागि सर्वेक्षण २००५ मा शुरू भएको थियो र यस बर्षको रिपोर्ट बीसीजीको १४औं संस्करण हो ।

50 most innovative companies 2020

बोस्टन कन्सल्टिङ्ग ग्रुपको रिपोर्ट अनुसार एप्पल, अल्फाबेट, अमेजन, माइक्रोसफ्ट, सामसुङ र हुवावेले शिर्ष छैटौं स्थानमा नयाँ र शीर्ष स्थान ओगटेका छन् जसमा अलिबाबा, आईबीएम, सोनी र फेसबुक पछी पछी छन् ।

ग्लोबल अग्रणी आईसीटी पूर्वाधार प्रदायक हुवावे बीसीजीको हालसालै जारी गरिएको सूचीमा छैटौं स्थानमा छ जुन ४२ स्थानले माथि सरेको हो । २०१२ मा पहिलो पटक सूची बनाएदेखि हुवावेको लागि यो स्थान अहिले सम्मको उच्च रहेको छ ।

विश्वको सबैभन्दा ठूलो दूरसञ्चार उपकरणहरूको आपूर्तिकर्ताको रूपमा हुवावेले लगातार आफ्नो वार्षिक राजस्वको १०५ भन्दा बढी भाग आरएण्डडिलाई लगानी गर्ने गरेको छ । २०१९ मा कम्पनीको आरएण्डडि खर्च जम्मा ¥१३१,६५९ मिलियन रहेको छ जसको कुल राजस्व १५.३५ रहेको छ ।

5G को सन्दर्भमा हुवावेले पछिल्लो दशकमा ४ बिलियन अमेरिकि डलर लगानी गरेको थियो जसले गर्दा यसलाई विश्वको नेतृत्व गर्ने नेक्स्ट जेनेरेसन टेक्नोलोजी बनाउँछ । 5G अनुप्रयोगहरूमा थप वाणिज्य व्यवसाय ग्रहण गर्न र नयाँ आविष्कारलाई बढावा दिन कम्पनीले विश्वभर क्यारियरहरूको साथ 5G संयुक्त इनोभेसन केन्द्रहरू स्थापना गरेको छ ।

यसको वार्षिक रिपोर्ट अनुसार ठूलाठूला टेक्नोलोजी प्रदायकले आफैलाई नयाँ आविष्कारी मोडेल १.० बाट नयाँ आविष्कारी मोडेल २.० मा बदल्दै छ जसको अर्थ आधारभूत सिद्धान्तमा सफलता र नयाँ आधारभूत टेक्नोलोजीहरूको विकास भविष्यको साझा दृष्टिबाट संचालित छ ।
कोभिड–१९ विरूद्धको विश्वव्यापी लडाईमा हुवावेले यसको नवीन आबिष्कार गर्न दुई गुणा बढि प्रयास र एन्टि–कोभिड–१९पार्टनर कार्यक्रम सुर्रू गेरेको छ जसले AI, रिमोट अफिस, स्मार्ट हेल्थकेयर र अनलाइन शिक्षामा केन्द्रित रहन, महामारीको बिरूद्ध लड्न सहयोग पु¥याउँद छ ।

यसको AI सहायी निदानले, उदाहरणका लागि, उल्लेखनिय मात्रामा सीटी नतिजा उत्पादन गर्न सक्दछ र फ्रन्टलाइन मेडिकल स्टाफलाई कोभिड–१९ केस पत्ता लगाउन मद्दत गर्दछ ।

जब हामीले बीसीजीको सर्वाधिक नवीन कम्पनीहरूको रिपोर्टको यस १४ औं संस्करणको लागि अनुसन्धान शुरू गरेका थियौं, कोभिड–१९ अझै सम्म प्रकट भएको थिएन । हामीले डाटा अन्वेषण गर्दा र ग्राहकहरूसँग अन्तरक्रिया गर्दा तथापि यो स्पष्ट भयो कि यस वर्षको मुख्य खोजीहरू – ठूलो परिणामको लाभ र क्रमिक आविष्कारको अत्यावश्यकता – आज अझ बढी सान्दर्भिक हुन सक्दछ किनकि नवीन आविष्कारको नेतृत्व गर्नेहरूले गतिशील परिवर्तन अनुकूल आपूर्ति, माग, उपभोक्ता व्यवहार र व्यापार गर्ने तरिका अपनाउन आवश्यक छ, बीसीजी रिपोर्ट लेखकले लेखे ।

हुवावे बारे

१९८७ मा स्थापना भएको हुवावे सूचना र सञ्चार टेक्नोलोजी (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी ग्लोबल प्रदायक हो । हामी प्रत्येक व्यक्ति, घर र संगठनको लागि पूर्ण रुपमा जडित बुद्धिमान संसारको लागि डिजिटल ल्याउन प्रतिबद्ध छौं । हुवावेको उत्पादनहरूको अन्त–देखि–अन्तपोर्टफोलियो, समाधान र सेवाहरू प्रतिस्पर्धी र सुरक्षित छन् । इकोसिस्टम साझेदारहरूको साथखुला सहयोगको माध्यमबाट हामी ग्राहकहरूको लागि स्थायी मूल्य सिर्जना गर्दछौं, सशक्तिकरणमा काम गर्छौं गृह जीवनलाई समृद्ध बनाउछौं र सबै आकृतिहरू र आकारहरूका संगठनहरूमा नवीनतालाई प्रेरणा दिने कार्य गर्छौं ।

हुवावेमा नवीनताले ग्राहकलाई पहिले श्रेणीमा राख्दछ । विश्वलाई अगाडि बढाउने टेक्नोलोजिकल सफलताहरूलाई ध्यानमा राखि हामी मौलिक अनुसन्धानमा ठूलो लगानी गर्छौं । हामीसँग लगभग १९४,००० कर्मचारीहरू छन् र हामी १७० भन्दा बढी देशहरू र क्षेत्रहरूमा कार्यरत भएर विश्वभर तीन अर्बभन्दा बढी जनताको सेवा गर्दछौं । १९८७ मा स्थापना भएको हुवावे एउटा निजी कम्पनी हो जुन यसका कामदारहरूको स्वामित्वमा छ ।

Leave a Comment