हिमालय एयरलाइन्सले ह्वावेसँग गरे योजनाबद्ध सहयोग एमओयू सम्झौता पत्रमा हस्ताक्षर

हिमालय एयरलाइन्स र ह्वावेले जून २८, २०२० मा ललितपुरमा अवस्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरे । हिमालय एयरलाइन्सका सीईओ श्री जोउ एन्योङ्ग रे ह्वावे टेकनोलोजिज नेपालका सीईओ श्री डेंग शुइगेन यस समझौता पत्रमा हस्ताक्षर गरे । श्री जांग फ्यान, नेपालमा चिनियाँ दूतावासका वाणिज्य सल्लाहकार, श्री वांग पिंग, तिब्बत स्वायत्त क्षेत्र को वाणिज्य विभाग को उप महानिर्देशक, जन गणतान्त्रिक चीन, श्री जउ डन्जिन, ह्वावे एशियन प्यासिफिक क्षेत्र क्लाउडका अध्यक्ष र AI व्यवसाय, र नेपालका अन्य उद्यमहरूका प्रतिनिधिहरूले यस अवसरमा ह्वावे अनलाइन भिडियो कन्फरेन्स प्रणालीको प्रयोग गरेर साक्षीको रूपमा भाग लिएका थिए ।

हिमालय एयरलाइन्सका अनुसार उहाँहरू ह्वावे, विश्व कै अग्रणी आईसीटी (ICT) समाधान प्रदायकलाई छनौट गर्न धेरै खुसी छन, जुन साझेदारको रूपमा संसारभरका विभिन्न उद्योगहरूको डिजिटल रूपान्तरणको समृद्धीमा अनुभवी छ र एक अर्काबीच योजनाबद्ध सहयोग सम्बन्धको निर्माण गर्दछ । हिमालय एयरलाइन्स डिजिटल रूपान्तरणको मुख्य चरणमा छ । ह्वावेसँग योजनाबद्ध साझेदारी स्थापना गरेर र यसका साझेदारहरूसँग इकोसिस्टममा सहयोग गरेर हिमालय एयरलाइन्सले आफ्नो डिजिटल रूपान्तरणको गति बढाउनेछ र कम्पनीलाई छिटो विकासको नयाँ चरणमा धकेल्नेछ र उन्नत डिजिटल टेक्नोलोजीको साथ नेपाल नागरिक उड्डयन उद्योगमा योगदान दिन नेपालको ह्वावे स्थानीय टोलीसँग मिलेर काम गर्ने छ ।

Huawei Himalayan Airlines

ह्वावेका प्रतिनिधिले भने कि ह्वावेको क्लाउड र AI टेक्नोलोजीले हिमालय एयरलाइन्स मार्फत व्यवस्थापन र वित्तीय प्रणालीको डिजिटलकरणका साथै आन्तरिक दक्षता सुधार गर्न सकिन्छ । ह्वावे क्लाउड सेवा टोली र ह्वावे नेपाल स्थानीय समर्थन टीम दुवैको प्रतिबद्धताले हिमालय एयरलाइन्सको डिजिटल रूपान्तरण सुधार हुनेछ र कम्पनी नेपाली बजारमा अधिक प्रतिस्पर्धी हुनेछ । ह्वावेले हिमालय एयरलाइन्सलाई दुई कम्पनीको योजनाबद्ध सहयोगको शुरुवातको रूपमा क्लाउड सेवाहरू प्रदान गर्नेछ ।

२० को दशकको प्रारम्भदेखि कम्प्यूटिंग उर्जा उत्पादकत्वको नयाँ स्रोत बन्न गएको छ, डाटा नयाँ कच्चा पदार्थ हुन् र क्लाउडंब्क्ष्ंछन् चाँही उत्पादन को नयाँ उपकरणहरु हुन् । कुनै शङ्का बिना नै क्लाउड सेवा नयाँ आदर्श बन्न पुगेको छ र नयाँ डिजिटल पूर्वाधारको रूपमा कार्य गर्दै छ जसले डिजिटल रूपान्तरणको गतिलाई तिव्र पार्दछ । हाल ५०० ग्लोबल कम्पनीहरु मध्ये २२८ र १०० विश्वको शीर्ष उद्यमहरू मध्ये ५८ ले ह्वावेलाई डिजिटल परिवर्तनको लागि विश्वासिलो साझेदारका रुपमा चयन गरेका छन् । ग्लोबल नोड कभरेज र इकोसिस्टमको साथ साझेदार वा विकासकर्ताहरूले ह्वावे क्लाउड प्लस AI, 5G र ठूलो डाटा जस्ता इन्टेलिजेन्ट अनुप्रयोगहरूको समर्थन गर्नको लागि सेवाहरू लिन सक्दछन् । आजसम्म, ह्वावे क्लाउडले २०० भन्दा बढी क्लाउड सेवाहरू प्रदान गरेको छ जसमा १९० भन्दा बढी विशिष्ट उद्योग समाधानहरू वित्तीय सेवाहरू, ई–कर्मस, लजिस्टिक, स्वास्थ्य सेवा, शिक्षा र आदिबाट रहेको छ ।

ह्वावे क्लाउड उच्च प्रदर्शन र उच्च विश्वसनीयता उपकरणबाट बनेको हो जुन AI चिपसेटले जडित छ । ह्वावे क्लाउडमा डाटा सुरक्षा र प्रयोगकर्ता गोपनीयता अनुपालन पहिले भन्दा बढी सुरक्षित भएको छ । तसर्थ, ह्वावे क्लाउडले सरकार, उद्यम र डिजिटल परिवर्तनमा क्यारियरलाई ठूलो फाइदा पु¥याउने छ । नेपालको इन्टरप्राइज आईटी सेवाहरूको भर्खरको अध्ययनबाट यो देखिन्छ कि ११ उद्योगहरूको ७४५ (मिडिया, मनोरन्जन, एयरलाइन्स, सामान्य खुद्रा, ईकमर्स, र आदि) उच्च उपकरणको लगानी घटाउन, जटिल मर्मत सम्भारबाट बच्न, सेवा विश्वसनीयता सुनिश्चित गर्न, आईटी सेवा डिजिटल गर्ने उपकरणको रूपमा क्लाउड सेवा छनौट गरेको छ ।

नेपाल बजारमा डिजिटल रूपान्तरण परामर्श र वितरण सेवाहरू उपलब्ध गराउनका लागि जनवरी २०२० मा ह्वावे नेपाल अफिसले क्लाउड एन्ड एआई (Cloud&AI) स्थानीय टोली स्थापना गरेको छ जसले केवल स्थानीय सरकार, उद्यम र वाहकहरूलाई समर्पित सेवाहरू प्रदान गर्दछ।

हिमालय एयरलाइन्स बारे

हिमालय एयरलाइन्स, एक अन्तर्राष्ट्रिय एयर क्यारियर र एक नेपाल–चीन संयुक्त उद्यम हो, जुन अगस्ट २०१४ मा स्थापना भएको थियो । “हिमालय“ नामले नेपालको अग्लो पहाडको प्रतीक जसरी राष्ट्रको उत्थानमा समर्पित, हिमालय एयरलाइन्स दक्षिण एसियामा एक अग्रणी एयरलाइन्सको रूपमा आफ्नो नाम उदाउन चाहन्छ । सुरक्षामा उत्कृष्ट बन्ने लक्ष्यका साथ अन टाईम पर्फमेन्स (ओटिपी) र मुख्य रुपमा यसका ग्राहकहरूको सेवामा एच९ ले आफूलाई नेपालमा उच्च मान्यताका साथ स्थापित गरिसकेको छ ।

ह्वावे बारे

१९८७ मा स्थापना भएको हुवावे सूचना र सञ्चार टेक्नोलोजी (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी ग्लोबल प्रदायक हो । हामी प्रत्येक व्यक्ति, घर र संगठनको लागि पूर्ण रुपमा जडित बौद्धिक संसारको लागि डिजिटल ल्याउन प्रतिबद्ध छौं । हुवावेको उत्पादनहरूको एन्ड टु एन्ड पोर्टफोलियो, समाधान र सेवाहरू दुबै प्रतिस्पर्धी र सुरक्षित छन् । इकोसिस्टम साझेदारहरूको साथ खुला सहयोगको माध्यमबाट हामी ग्राहकहरूको लागि स्थायी मूल्य सिर्जना गर्दछौं, सशक्तिकरणमा काम गर्छौं गृह जीवनलाई समृद्ध बनाउछौं र सबै आकृतिहरू र आकारहरूका संगठनहरूमा नवीनतालाई प्रेरणा दिने कार्य गर्छौं ।

हुवावेमा नवीनताले ग्राहकलाई पहिले श्रेणीमा राख्दछ । विश्वलाई अगाडि बढाउने टेक्नोलोजिकल सफलताहरूलाई ध्यानमा राखि हामी मौलिक अनुसन्धानमा ठूलो लगानी गर्छौं । हामीसँग लगभग १९४,००० कर्मचारीहरू छन् र हामी १७० भन्दा बढी देशहरू र क्षेत्रहरूमा कार्यरत भएर विश्वभर तीन अर्ब भन्दा बढी जनताको सेवा गर्दछौं । १९८७ मा स्थापना भएको हुवावे एउटा निजी कम्पनी हो जुन यसका कामदारहरूको स्वामित्वमा छ । अधिक जानकारीका लागि कृपया हुवावे अनलाइन भिजिट गर्नुहोस् https://www.huawei.com/en/

ह्वावे नेपाल बारे

ह्वावे नेपाल २१ वर्षदेखि नेपाल आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । १९९९ देखि ह्वावेले 2G/3G/4G टेक्नोलोजी र समाधान नेपाल ल्यायो, टेलिकम अपरेटरहरूलाई छिटो सञ्चार नेटवर्क परिचालन गर्न मद्दत पुर्यायो, दुर्गम क्षेत्र सहित, दूरसञ्चार सेवाको गुणस्तर बढाउँदै डिजिटल नेपालको जग निर्माण ग¥यो । नेपालका २८ करोड भन्दा बढी जनसंख्याले ह्वावेको समाधानबाट फाइदा पाइरहेका छन् । स्थानीय योगदानमा ह्वावेले नेपालमा विगत २१ बर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १०,०००ं रोजगारी सिर्जना गरेको छ । २०१५ मा ह्वावेले नेपाल सरकार र टेलिकम अपरेटरहरूलाई भूकम्पपछि नेटवर्क पुनः सुधार गर्न मद्दत प¥याएको थियो, टेलिकम्युनिकेसन सहज बनाएर प्रकोप उद्धारमा ठूलो योगदान पु¥याएको थियो ।

ह्वावेले टेलिकम अपरेटरहरूलाई एभरेष्ट बेस क्याम्पमा वायरलेस बेस स्टेसन निर्माण गर्न मद्दत प¥याएको थियो जसको सहयोगले विकट क्षेत्रलाई संचारको माध्यमले बाह्य विश्वमा पूर्ण रूपमा जोड्न मद्दत गर्ने छ । भविष्यमा ह्वावेले नेपाललाई अधिक प्रविधि जस्तै छन्, क्लाउड र AI ल्याइ डिजिटल नेपाल निर्माण गर्न निरन्तरता दिई राख्नेछ ।

Leave a Comment