ह्वावे 5G उपकरण किन्न प्रतिबन्ध लगाउने निर्णय माथि पुनर्विचार गर्न आग्रह

शेयर गर्नुहोस

बेलायत सरकारले मंगलबार (जुलाई १) मा भन्यो कि २०२० को अन्त्यपछि बेलायतका मोबाइल प्रदायकहरुलाई नयाँ ह्वावे 5G उपकरण किन्न प्रतिबन्ध लगाउने निर्णय गरिएको छ र २०२७ सम्ममा आफ्नो नेटवर्कबाट सबै ह्वावे 5G किट हटाउन पर्ने छ ।

पुनर्विचार गर्न आग्रह: ह्वावे बेलायत

ह्वावे बेलायतका प्रवक्ता एडवर्ड ब्रेउस्टरले भन्नुभयोः “बेलायतमा मोबाइल फोन बोक्ने जो कोहीका लागि नि यो निराशाजनक समाचार हो । यसले ब्रिटेनको डिजिटल गति सुस्ताउने, बिल बढ्ने र डिजिटल डिभाईड गहिरिने खतरा हुन्छ । यस निर्णयले सरकारको स्तर बढ्नुको साटो घट्ने हुदाँ हामी पुनर्विचार गर्न आग्रह गर्दछौं । हामी विश्वस्त छौं कि अमेरिकाको नयाँ प्रतिबन्धले हामीले बेलायतमा आपूर्ति गर्ने उत्पादनहरूको लचिलोपन वा सुरक्षामा असर गर्दैन । बेलायतमा हाम्रो भविष्य माथि राजनीतिकरण भएको दुःखको कुरा हो, यो अमेरिकी व्यापार नीतिको बारेमा हो नाकि सुरक्षाको बारे ।

पछिल्ला २० बर्षमा, ह्वावेले बेटर कन्नेक्टेड बेलायत Better Connected UK को निर्माणमा ध्यान केन्द्रित गर्दै आएको हो । एक जिम्मेवार व्यवसायको रूपमा हामी हाम्रा ग्राहकहरूलाई समर्थन गरिरहने छौं जुन हामीले सँधै गर्दै आएको छौं । हामीे यो घोषणाको मूल्य हाम्रो व्यवसायको लागि यहाँ के हुन्छ भनेर विस्तृत समीक्षा गर्नेछौं र बेलायत सरकारसँग काम गरिराख्ने छौं ताकि हामी कसरी बेटर कन्नेक्टेड बेलायतमा योगदान दिन जारी राख्न सकौं ।

यो पनि पढ्नुहोस, के अमेरिकाको 5G रुचि वास्तवमै 5G मा छ त?


शेयर गर्नुहोस

Leave a Comment