ह्वावेले फाइभ टेक डोमेनको तालमेलबाट नयाँ भ्यालु सिर्जना गर्ने

शेयर गर्नुहोस

सेप्टेम्बर २३ को दिन शंघाईमा ह्वावे कनेक्ट २०२० को शुरुवात गरियो । ह्वावे कनेक्ट ह्वावेद्वारा ग्लोबल आईसीटी उद्योगको लागि संचालन गरिएको एक वार्षिक फ्ल्यागशिप कार्यक्रम हो । यो एक प्लेटफर्म हो, जहाँ ह्वावेले आफ्नोे प्रमुख रणनीतिहरूको खुलासा गर्दछ ।

२०१६ मा ह्वावेले एक बौद्धिक विश्वको कल्पना गरेको थियो र यसका विश्वव्यापी साझेदारहरूलाई कोस्टा रिका जस्तो ईकोसिस्टम मिलेर निर्माण गर्न आह्वान गरेको थियो । २०१७ मा ह्वावेले विश्वको पाँच प्रमुख क्लाउड सेवा प्रदायक मध्ये एक हुने आफ्नो लक्ष्य घोषणा गरेको थियो । २०१८ मा ह्वावेले आफ्ना AI रणनीतिको खुलासा गरेको थियो भने २०१९ मा कम्प्युटिङ्ग रणनीति को ।

२०२० मा 5G को विस्तार विश्वव्यापी रूपमा गरिएको हुँदा कनेक्टिविटी, क्लाउड, AI, कम्प्युटिङ्ग र उद्योग अनुप्रयोगहरू सबै एक साथ आईसीटी (ICT) क्षेत्रको लागि अभूतपूर्व अवसरहरू सिर्जना गर्दै छन् । त्यसैले यस वर्ष ह्वावे कनेक्टको ध्यान फाइभ टेक डोमेनको सिनर्जीले नयाँ भ्यालु सिर्जना गर्ने (Creating new Value with Synergy across five tech domains) रहेको छ ।

यसै क्रममा ह्वावेले उद्योगहरूमा आईसीटी टेक्नोलोजी प्रयोगमा ध्यान केन्द्रित गर्नेछ र यसको साझेदारहरूको साथ परिस्थिति–विशेष समाधानहरू प्रदान गर्दै उद्यमहरूलाई उनीहरूको व्यवसाय बढाउन र सरकारका रणनीतिक लक्ष्यहरू प्राप्त गर्न मद्दत पु¥याउन घरेलु उद्योगको बृद्धि, घटकहरूलाई फाइदा र समग्र गभरनान्स सुधार गर्नेछ ।

कार्यक्रममा ह्वावेका रोटेटिङ्ग चेयरमैन, गुओ पिंगले “फाइभ टेक डोमेनको सिनर्जीले नयाँ भ्यालु सिर्जना गर्ने ” शीर्षकमा मुख्य भाषण दिनुभयो । गुओले भन्नुभयो, “अधिक जसो सरकार र उद्यमहरू डिजिटल हुँदै छन् र इन्टेलिजेन्सको प्रयोग गर्ने भएकोले आईसीटी क्षेत्रले बृद्धिको अविश्वसनीय सम्भावना देख्दछ । हामी हाम्रा साझेदारहरूसँग मिलेर यो नयाँ अध्याय अगाडि बढाउन चाहन्छौं । “

गुओले ह्वावेको प्रमुख अभ्यासहरूमा आईसीटी प्रविधिलाई उद्योगका प्रकृयासंग जोडेर र प्रमुख व्यापार प्रणालीहरूको सम्बन्धमा सरकार र उद्यमहरूको लागि भ्यालु सिर्जना गर्न परिदृश्य–विशेष समाधानहरू प्रदान गरेर स्मार्ट उद्यम, क्याम्पस र शहरहरू निर्माण गर्न सहयोग गर्ने कुरा राख्नुभयोे ।

अर्को चरणमा ह्वावेले आफ्ना साझेदारहरूसँग आईसीटी प्रविधिहरू उद्योगमा लागू गर्न, उद्यमहरूलाई उनीहरूको व्यवसाय बढाउन र सरकारलाई घरेलु उद्योगको बृद्धि गर्ने, आफ्ना घटकहरूलाई फाइदा पु¥याउने, र समग्र गभरनान्स सुधार गर्ने रणनीतिक लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्नेछ ।

ह्वावे निम्नलिखित प्रमुख व्यापार डोमेनहरुमा लगानी गरिराख्ने छ ।

नेटवर्क डोमेनमा ह्वावेले इन्टेलिजेन्ट कनेक्टिभिटीको अवधारणा प्रस्ताव गरेको छ, जसको उद्देश्य सर्वव्यापी गिगाबिट एक्सेस र डिटरमिनिस्टिक अनुभव प्रदान गर्ने हाइपर–अटोमेटेड नेटवर्क प्रदान गर्नु हो र सरकार र उद्यमहरूको प्रमुख व्यापार प्रणालीको इन्टेलिजेन्ट अपग्रेड सक्षम पार्र्नु हो ।

कम्प्युटिङ्ग डोमेनमा ह्वावे ग्राहकहरुलाई विविध कम्प्युटिङ्ग पावर उपलब्ध गराउन र हार्डवेयरबाट सफ्टवेयर अलग गर्दै यसको विभिन्न प्रोसेसिंग आवश्यकता (x86 र Kunpeng सहित) हरुलाई अनुकूलन गर्न प्रतिबद्ध छ ।

क्लाउड सेवा डोमेनमा ह्वावेले १५ लाख भन्दा बढी विकासकर्ताहरूलाई आकर्षित गर्दै विश्वव्यापी २३ वटा क्षेत्र स्थापित गरेको छ ।

AI डोमेनमा ह्वावेको लक्ष्य भनेको AI लाई सरकार र उद्यमहरूको प्रमुख व्यापार प्रणालीमा दक्ष AI प्रणाली निर्माण र डाटा प्रयोग गरेर अझ राम्रोसँग एकीकृत गर्नु हो ।

कनेक्टिविटी, कम्प्युटिङ्ग, क्लाउड र AI १०० बर्ष अगााडिको बिजुली जस्तै छन् भने उद्योग अनुप्रयोगहरू घरेलू उपकरण र बिजुलीद्वारा संचालित औद्योगिक उपकरणहरू जस्तै छन् ।

यी फाइभ टेक डोमेनका सिनर्जीले ह्वावेलाई मात्रै अवसर नल्याउने कुरामा विश्वास गर्दछ । अझ महत्त्वपूर्ण कुरा भन्नु पर्दा तिनीहरूले सम्पूर्ण क्षेत्रका लागि अवसरहरू प्रस्तुत गर्नेछ । ह्वावेले समग्र रुपमा आफ्ना साझेदारहरूको अर्थव्यवस्था बढाउदै, उनिहरुलार्ई नयाँ भ्यालु चेनबाट अधिक फाइदा लिनको लागि सक्षम पार्ने आशा राख्दछ ।

कोस्टा रिकाजस्तो विविध र सम्बृद्ध ईकोसिस्टम बनाउनका लागि गुओले २०१६ मा प्रस्ताव गरेका तीन सिद्धान्तलाई स्मरण गर्नु भयो । उहाले तीनवटा उदाहरण पनि सेयर गर्नु भयो, जसमा ह्वावेले आफ्ना तीन साझेदारहरूलाई उनीहरूको व्यवसाय बढाउन मद्दत गरेको छ: टेक शिक्षा, कूलर मास्टर, र CS&S । गुओले उल्लेख गरे कि ह्वावेले आफ्नो साझेदारहरुलाई उद्योगका अनुप्रयोगहरूको विकास गर्न, सप्लाई चेनलाई बढावा दिन र आफ्नै उद्योगहरुको विकास गर्न लगातार प्रयास गर्नेछ ।

शेन्जेनका मेयर चेन रुगुईले पनि उक्त कार्यक्रममा मन्तब्य राख्नु भएको थियो । “शेन्जेनले गुआंग्डोंग– हंगकंग–मकाओ ग्रेटर बे क्षेत्र र शेन्जेन पायलट प्रदर्शन क्षेत्रमा चलिरहेको विकासले ल्याएका अधिकांश अवसरहरूको सक्दो फाइदा लिइ रहेको छ,” उहाले भन्नुभयो ।

“हामी विश्वभरका ठूला शहरहरूमा बिकासको अर्को चरण पुग्ने प्रयत्न गरिरहेका छौं । ह्वावे र अन्य टेक कम्पनीहरूको उन्नत प्रविधिहरू प्रयोग गरेर शेन्जेन इन्टेलिजन्ट ट्विन्स निर्माण गर्दा हाम्रो शहर दिन प्रति दिन स्मार्ट हुँदै गइरहेको छ । हामी 5G द्वारा ल्याइएका नयाँ अवसरहरू प्रयोग गर्नेछौं, थप परिदृश्यमा 5G अपनाउने छौं, औद्योगिक इन्टरनेटलाई प्रोत्साहन दिनेछौं, भर्टिकल इन्टरकनेक्टिभिटिलाई अगााडि बढाउनेछौं र SMEको डिजिटल रूपान्तरणमा समर्थन गर्नेछौं । शेन्जेनले चीनको डिजिटल अर्थव्यवस्था को लागि गोल्ड मानक तय गर्ने लक्ष्य राखेको छ । हामी दृढ विश्वास गर्दर्छौं कि प्रविधिमा मानिसको जीवन र शहरलाई अझै राम्रो बनाउन सक्ने क्षमता छ ।”

ह्वावेका बोर्ड सदस्य र ह्वावे इन्टरप्राइज बीजीका अध्यक्ष, पेङ्ग जोङ्गयाङ्गले डिजिटल रूपान्तरणका लागि नयाँ प्रतिमान विकास गर्ने बारेमा मुख्य भाषण दिनुभयो । यस नयाँ ढाँचा अन्तर्गत ह्वावे बदलिएको नवीनता मार्फत ग्राहकको आवश्यकता र आकांक्षाहरू पूरा गर्न प्रतिबद्ध छ । फाइभ टेक डोमेनहरूको तालमेल प्रयोग गरेर ह्वावेले एक मजबूत डिजिटल इकोसिस्टम निर्माण जारी राख्नेछ, जसले उद्योगहरूको लागि नयाँ भ्यालु सिर्जना गर्दछ ।

शेन्जेन एयरपोर्ट समूहका महाप्रबन्धक चेन जिन्जु र शेन्जेन मेट्रो समूहका महाप्रबन्धक ट्याङ्ग शाओजीले स्मार्ट एयरपोर्ट र स्मार्ट मेट्रो प्रणाली निर्माणमा आफ्ना अनुभव व्यक्त गर्नुभयो । यस कार्यक्रममा ह्वावेले दुनियाभरमा रहेका आफ्ना उत्कृष्ट साझेदारहरुसंग इकोसिस्टम साझेदारी विकास गर्नको लागी आफ्नो नारा घोषणा ग¥योः इनोभेट, ग्रो, एण्ड विन टुगेदर ।

ह्वावे उपभोक्ता व्यापार समूह, उपभोक्ता क्लाउड सेवाका अध्यक्ष, झाङ्ग पिंग’नले कसरी पूर्ण रूपमा खुला ह्वावे मोबाइल सेवा (HMS) ले वित्त, सरकार, शिक्षा, उद्यम, मनोरन्जन र व्यापार लगायत बिभिन्न क्षेत्रहरुमा डिजिटल इनोभेसनलाई सशक्त बनायो भन्ने कुरा बताउनुभयो, जसबाट AI जीवन सेवाहरू सिर्जना गरेर उपयोगकर्ताको विविध आवश्यकताहरू पूरा गर्न सकिन्छ ।

अन्तमा, गुओले सबै ह्वावे साझेदारहरूलाई आमन्त्रन गर्नुभयो, “ह्वावेले शक्ति उत्पादन गर्न सक्दछ र हाम्रा साझेदारहरूले यसलाई उपयोग गर्न सक्दछन् । हामी सँगै मिलेर सफल हुनेछौं र हाम्रा ग्राहकहरूको लागि अझ ठूलो भ्यालु सिर्जना गर्नेछौं ।”

ह्वावे कनेक्ट २०२० एक ह्वावेद्वारा ग्लोबल आईसीटी उद्योगको लागि संचालन गरिएको वार्षिक फ्ल्यागशिप कार्यक्रम हो जुन शंघाईमा सेप्टेम्बर २३ देखि २६, २०२० सम्म संचालन हुनेछ । ह्वावे कनेक्ट एक खुला प्लेटफर्म हो जुन हाम्रा ग्राहकवर्ग र साझेदारलाई नेभिगेट गर्न, अनुभव बाढ्न र नयाँ भ्यालु सिर्जना गर्न सहयोग गर्न तयार पारिएको हो । यस वर्षको कार्यक्रममा हामी उद्योग डिजिटलाइजेशनमा ट्रेन्ड्स र अवसरहरूको अन्वेषण गर्नेछौंस उन्नत आईसीटी टेक्नोलोजी, उत्पादन, र सोलुसनको प्रदर्शनस संयुक्त इनोभेसनको फलमा एक आन्तरिक हेराईस र डिजिटल रूपान्तरणमा सबैभन्दा राम्रो अभ्यास सेयर गरिने छ । हाम्रो लक्ष्य भनेको एक खुला र स्थापित उद्योग इकोसिस्टम निर्माण गर्नु हो जसले सबै सरोकारवालालाई फाइदा पुर्याउनेछ र सबै उद्योगहरूको लागि नयाँ भ्यालु सिर्जना गर्नेछ ।


शेयर गर्नुहोस

Leave a Comment