संविधान दिवसमा टेलिकमको अफरः ५५ रुपैयाँमा अनलिमिटेड युट्युब वा फेसबुक

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आकर्षक अफर ल्याएको छ। अफरमा अनलिमिटेड युट्युबदेखि अनलिमिटेड फेसबुक र एड–अन प्याकसम्मका सुविधा छन्। असोज २, ३ र ४ गतेसम्म तीन दिनका लागि ल्याइएको अफरमा अनलिमिटेड युट्युब वा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँप्रति प्याकमा खरिद गरी ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

  • अनलिमिटेड युट्युब वा अनलिमिटेड फेसबुक प्याक: रू ५५, ३ दिन को लागि
  • एड–अन प्याक: १५ रुपैयाँमा मा १ जीबी, ३ दिन को लागि
  • २८ दिन २८ जीबी (१ जीबीप्रति दिन): रू ५५५

यस्तै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुने टेलिकमले जनाएको छ । माथिका दुुबै प्याकेज खरिद गरेको तीन दिनसम्म प्योग गर्न सकिनेछ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबीप्रति दिन डाटा प्याक ८५० रूपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा अब सस्ताेमा पाइनेछ। सो अनुसार यो अब प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा ५५५ रूपेयाँमा उपलब्ध हुनेछ।

संविधान दिवसका अवसरमा उपलब्ध गरिएका अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । 

तपाईंलाई यो अफर कस्तो लाग्यो कृपया कमेन्ट दिनुहोस ।

Leave a Comment