ह्वावेव्दारा सीड्स फर द फ्युचर प्रोग्राम २.० को घोषणा, आगामी पाँच बर्षमा प्रतिभा विकासमा अमेरिकी डलर १५० मिलियन लगानी गर्ने योजना

ह्वावेले बिहीबार सीड्स फर द फ्युचर प्रोग्राम २.० को घोषणा गरेको छ जस मार्फत ह्वावेले आगामी पाँच बर्षमा डिजिटल प्रतिभा विकासमा १४० मिलियन अमेरिकी डलर लगानी गर्ने योजना राखेको छ । यो कार्यक्रमले ३ मिलियन भन्दा बढी मानिसहरूलाई लाभान्वित गर्ने आशा गरिएको छ ।

ह्वावेले “टेक एण्ड सस्टेनेबिलिटी: एभ्रीवानस् इनक्लुडेड” फोरम आयोजना गरेको थियो जुन अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ व्दारा सह-आयोजित थियो ।

ह्वावे, IUCN, वर्ल्ड इकोनोमिक फोरम, कार्बन डिस्क्लोजर प्रोजेक्ट (CDP), ग्लोबल इनेबलिंग सस्टेनेबिलिटी इनिसिएटिभ (GeSI) र सिंगापुर इन्स्टिच्युट अफ इन्टरनेशनल अफेयर्स (SIIA) का प्रतिनिधिहरूले समावेशी तथा इको-फ्रेण्डली संसार बनाउन प्रविधिले खेल्ने भूमिका बारे छलफल गर्न भाग लिएका थिए ।

शिक्षा र प्रतिभा विकासमा समान पहुँचको प्रबर्धन गर्दै

युनिसेफ र इन्टरनेसनल टेलिकम्युनिकेशन युनियन (आईटीयू) को  २०२० को रिपोर्ट अनुसार २५ बर्ष वा माथि उमेर भएका करिब २.२ अरब मानिस अझै पनि घरमा इन्टरनेट जडानको अभावमा छन्।

“डिजिटल सीप र साक्षरता डिजिटल अर्थतन्त्रको लागि आधारशिला मात्र होइन; संयुक्त राष्ट्रले परिभाषित गरेको आधारभूत मानव अधिकार पनि हो,” फोरममा ह्वावेका अध्यक्ष लिआंग हुआले भन्नुभयो ।

“आज हामी ह्वावेको सीड्स फर द फ्युचर प्रोग्राम २.० को घोषणा गर्दै छौं । प्रतिभाको निरन्तर विकास गर्ने हाम्रो प्रतिबद्धताको एक भागको रूपमा हामी आगामी पाँच बर्षमा यस कार्यक्रममा १५० मिलियन अमेरिकी डलर लगानी गर्ने छौं र कलेज विद्यार्थी र युवाहरूलाई उनीहरूको डिजिटल सीप सुधार गर्न मद्दत गर्ने छौं । कार्यक्रमले ३ मिलियन भन्दा बढी मानिसहरूलाई लाभान्वित गर्ने आशा गरिएको छ ।

ह्वावे संचालनमा रहेको देशहरुमा डिजिटल प्रतिभा विकास गर्न सहयोग गर्ने ह्वावेको प्रतिबद्धता छ । ह्वावेले २००८ मा छात्रवृत्ति कार्यक्रम, प्रविधि प्रतिस्पर्धा र डिजिटल खुबी प्रशिक्षणहरु संचालनमा ल्याएको थियो र यस्ता कार्यक्रमहरु शुचारू गर्न १५० मिलियन भन्दा बढी लगानी गरेको थियो । ह्वावेले १५० भन्दा बढी देशका १.५४ मिलियन भन्दा बढी मानिसहरूलाई लाभान्वित गरिसकेको छ ।

थाईल्याण्डमा २००८ मा शुरू गरिएको सीड्स फर द फ्यूचर कार्यक्रम स्थानीय प्रतिभालाई प्रेरित गर्न र समाजका बीजहरुलाई समाजमा डिजिटल चुनौतीहरूको सामना गर्न प्रोत्साहित गर्न डिजाइन गरिएको हो । कार्यक्रमले एशिया प्रशान्तमा ५,००० भन्दा बढी विद्यार्थीहरुलाई लाभान्वित तुल्याएको छ ।

फोरमको प्रतिध्वनिका रूपमा ह्वावे एसिया प्रशान्तले APAC मिडिया भर्चुअल राउन्डटेबल लेजर फोकसको साथ यस क्षेत्रको डिजिटल समावेशीकरण र दिगो विकासलाई ध्यानमा राखी संचालन गरेको थियो । ह्वावे एशिया प्रशान्त महासंघका उपाध्यक्ष जे चेनले आगामी पाँच वर्षमा यस क्षेत्रको भविष्यका लागि सिड्स फर द फ्यूचर लगायतका बहुविध कार्यक्रमहरू मार्फत ४०,००० भन्दा बढी ICT प्रतिभा उत्पन्न गर्ने योजना घोषणा गर्नु भयो ।

“डिजिटल अर्थव्यवस्थामा डिजिटल प्रतिभाले डिजिटल रूपान्तरण र आर्थिक बृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । दिगो र निष्पक्ष विकासलाई समर्थन गर्ने अवसरहरू सिर्जना गर्न शिक्षामा पहुँच महत्वपूर्ण छ । महामारीको कारण हामी कार्यक्रम अनलाइन सार्दैछौं र यसलाई पहिलेभन्दा धेरै उत्कृष्ट विद्यार्थीहरूको लागि खोलिरहेका छौं, ” जे चेनले भन्नुभयो ।

एशिया प्रशान्तमा ह्वावे समावेशी प्रतिभा इकोसिस्टम निर्माणको लागि दृढ सक्षमकर्ता भएको छ । ह्वावे एशियान एकेडेमी थाईल्याण्ड, मलेशिया र इन्डोनेसियामा २०१९ देखि शुरू भएको हो र डिजिटल भविष्यको लागि १००,००० भन्दा बढी प्रतिभाको तयारी भइसकेको छ । महामारीको बीचमा जे चेनका अनुसार, “शीर्ष विश्वविद्यालयहरूसँग सहकार्य द्रुत गतिमा भइरहेको छ । हालसम्म, ह्वावेले एशिया प्रशान्त भरका देशहरूमा करीव २०० भन्दा बढी विश्वविद्यालयहरूसँग सहकार्य निर्माण गरिसकेको छ । ”

वातावरणीय चुनौतिहरूलाई सम्बोधन गर्दै ग्रीन विकास सक्षम पार्दै

मौसम परिवर्तन र वातावरणीय मुद्दाहरू विश्वव्यापी चुनौति हुँदैछन् । आर्थिक मन्दी र विश्वव्यापी लकडाउनका कारण विगतको वर्षको तुलनामा कार्बन उत्सर्जनमा गिरावट आएको भए पनि अर्थव्यवस्था फेरि खुल्दा उत्सर्जन फेरी द्रुत गतिमा भैरहेको छ । चक्रिय अर्थतन्त्रमा बदलिनु र दिगो विकासको प्राप्ति गर्नु अब सबै देशहरूका लागि साझा लक्ष्य हो । 

“ग्रीन र दिगो विकास विश्वव्यापी अर्थतन्त्रहरूको लागि प्राथमिकता भएको छ,” लियांगले भन्नुभयो । “ह्वावेले आफ्नो डिजिटल पावर व्यवसाय विकास गर्न र विभिन्न उद्योगहरूको लागि डिजिटल एनर्जी सोलुसन प्रदान गर्न पावर इलेक्ट्रोनिक्स र एनर्जी स्टोरेजमा 5G, क्लाउड र AI मा प्राविधिक विशेषज्ञताको साथ भरपुर अनुभव उपयोग गर्दैछ । डिसेम्बर २०२० सम्म ह्वावेका डिजिटल पावर उत्पादन र सोलुसनहरूले नवीकरणीय स्रोतहरूबाट ३२५ बिलियन किलोवाट बिजुली उत्पादन गरेको छ र कुल १० बिलियन किलोवाट बिजुली बचाएको छ । यी प्रयासहरूले CO2 उत्सर्जनमा १६० मिलियन टन घटाएको छ ।

ह्वावे एशिया–प्रशान्त उद्यम डिजिटल पावर व्यवसायका प्रबन्ध निर्देशक ब्रुस लीका अनुसार १३,३१२ सोलार प्यानल, ४० इन्भर्टर ,३०,००० भन्दा बढी फ्लोटहरूको साथ, यस पाँच हेक्टर समुद्र-आधारित सोलार प्लान्टले प्रति वर्ष ६,०२२,५०० किलोवाट एनर्जी उत्पादन गर्ने अनुमान गरिएको छ, यस टापुमा १,२५० वटा चार-कोठा भएको सार्वजनिक आवास फ्लैटहरूको लागि पर्याप्त बिजुली आपूर्ति गर्ने छ  र अनुमानित ४,२५८ टन कार्बन डाइअक्साइड अफसेट गर्ने छ ।

” सङ्गै मिली काम गरेर देशहरूले आपसी सहयोगका लागि आफ्नो दिगो प्रतिबद्धताहरू पूरा गर्न सक्छन् । पारदर्शी र प्रमाणित कार्बन बजार सक्षम पार्ने जस्ता धेरै क्षेत्रहरू छन् जहाँ डिजिटल टेक्नोलोजीले यसलाई सहयोग गर्न सक्छ । सिंगापुरका सार्वजनिक र निजी क्षेत्रले आफ्नो छिमेकीहरूसँग जलवायु कार्यमा काम गर्न इच्छुक रहेको बताएका छन् । ” SIIA का अध्यक्ष एसोसिएट प्रोफेसर साइमन टेले फोरममा भन्नुभयो ।

Leave a Comment