ह्वावेको डिजिटल पावर इनोभेशनको साथ आसियानको (ASEAN) ग्रीन विकास सशक्त पार्ने वाचा

शेयर गर्नुहोस

ग्लोबल अग्रणी आईसीटी प्रविधि प्रदायक ह्वावेले जलवायु परिवर्तन र ग्रीन विकासमा आसियानको सहयोगलाई सक्षम पार्न यसको डिजिटल पावर इनोभेशनको लाभ उठाउनेछ, ह्वावे एसिया प्यासिफिकका अध्यक्ष जेफरी लियूले शुक्रबार अनलाइन आसियान–चीन डिजिटल इकोनोमी डेभ्लप्मेन्ट एण्ड कोओपरेशन फोरम २०२१ मा भन्नुभयो ।

जलवायु परिवर्तन र वातावरणीय मुद्दाहरू विश्वव्यापी चुनौति बन्दैछन् । आर्थिक मन्दी र विश्वव्यापी लकडाउनका कारण विगतका वर्षको तुलनामा कार्बन उत्सर्जनमा गिरावट आएको भए पनि अर्थव्यवस्था फेरि खुल्दा उत्सर्जन  द्रुत गतिमा गइरहेको छ । सर्कुलर अर्थतन्त्रमा परिवर्तन हुनु र दिगो विकासको प्राप्ति गर्नु अब सबै देशको साझा लक्ष्य हो ।

विश्वका २० वटा सबैभन्दा बढी कमजोर क्षेत्र मध्ये छ वटा आसियानका सदस्य राष्ट्रहरूमा सम्भावित जलवायु परिवर्तनले महत्वपूर्ण क्षेत्रीय प्रभाव पारेको छ । आसियानले वर्षौंको अवधिमा विभिन्न वातावरणीय, आर्थिक र सामाजिक गतिविधिहरूको माध्यमबाट जलवायु परिवर्तन सम्बोधन गर्ने कार्य गरेको छ । उदाहरणका लागि, थाईल्याण्डले २०३० मा उच्च कार्बन उत्सर्जन र २०६५ मा शून्य उत्सर्जन गर्ने लक्ष्य राखेको छ ।

“विश्वव्यापी रूपमा हामीलाई कार्बन न्यूट्रालिटिको लक्ष्य भएको ग्रीन औधोगिक क्रान्ति चाहिन्छ । डिजिटल अर्थव्यवस्था बढ्दै जाँदा उत्सर्जन घटाउने गतिले देशहरूलाई व्यापार अवरोधको जोखिम व्यवस्थापन गर्न र थप स्वतन्त्र व्यापार सम्झौताहरू सुरक्षित गर्न मद्दत पु¥याउँछ,” जेफरी लियूले भन्नुभयो ।

आईसीटी प्रविधि ऊर्जा संरक्षण र अन्य उधोगहरूमा उत्सर्जन घटाउने महत्वपूर्ण सक्षमकर्ता हो । आईसीटी प्रविधिद्वारा सक्षम अन्य उधोगहरूमा कार्बन उत्सर्जनमा आएको कमी आईसीटी उधोगहरूले नै उत्सर्जित कार्बनको मात्रा १० गुणा बढी हुने अनुमान गरिएको छ ।

“ह्वावेले आफ्नो डिजिटल पावर व्यवसाय विकास गर्न र विभिन्न उद्योगहरूको लागि डिजिटल पावर सोलुसन प्रदान गर्ने छन्, क्लाउड र अन्य इनोभेटिव प्रविधिमा प्राविधिक विशेषज्ञता साथ साथै विद्युतीय इलेक्ट्रोनिक्स र उर्जा स्टोरेजमा व्यापक अनुभव उपयोग गर्दै आएको छ,” ह्वावे आसियान प्रशान्तका अध्यक्षले भन्नुभयो ।

नवीकरणीय ऊर्जा प्रबर्धन गर्न ह्वावेले १७० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो डिजिटल उर्जा सोलुसनहरू परिचालन गरेको छ जसले विश्वको एक तिहाई जनसंख्यालाई सेवा प्रदान गर्दछ । डिसेम्बर २०२० सम्म यी सोलुसनहरूले नवीकरणीय स्रोतहरूबाट ३२५ बिलियन किलोवाट बिजुली उत्पादन गरेको छ र कुल १० बिलियन किलोवाट बिजुली बचाएको छ । यी प्रयासहरूको परिणामस्वरूप CO2 उत्सर्जनमा १६० मिलियन टन घटेको छ ।

सिंगापुरमा, उदाहरणका लागि, ह्वावे फ्यूजनसोलार सोलुसनले एक सोलार सोलुसन प्रदायक सनसेप ग्रुपलाई सहयोग गरेको छ जसले विश्वको सबैभन्दा ठूलो अफशोर फ्लोटिंग फोटोभोल्टिक (PV) फार्महरू निर्माण गर्दछ । १३,३१२ सोलार प्यानल, ४० इन्भर्टरहरू र ३०,००० भन्दा बढी फ्लोटहरूको साथ यस पाँच हेक्टरमा आधारित सोलार प्लान्टले प्रति वर्ष ६,०२२,५०० किलोवाट उर्जा उत्पादन गर्ने अनुमान गरिएको छ, अनुमानित ४,२५८ टन कार्बन डाइअक्साइड अफसेट गर्दै यस टापुमा १,२५० चार–कोठा भएको सार्वजनिक आवास फ्लैटहरूको लागि पर्याप्त बिजुली आपूर्ति गर्ने छ ।

“ह्वावे ग्रीन एकीकृत आईसीटी सोलुसनको प्रवद्र्धन गर्न प्रतिबद्ध छ जसले अन्य उधोगलाई उर्जा संरक्षण र उत्सर्जन घटाउन सहयोग पु¥याउँछ, ” जेफ्री लियूले भन्नुभयो, “हामी आसियानसंग संलग्न भई ऊर्जा–दक्ष, इको–फ्रेन्डली लो–कार्बन समाजको लागि कार्बन फुटप्रिन्ट कम गर्न स्वच्छ उर्जा उत्पादन, विद्युतीय यातायात र स्मार्ट उर्जा स्टोरेजको उपयोग गरेर सहयोग गर्नेछौं । “


शेयर गर्नुहोस

Leave a Comment