थाईल्याण्डका प्रधानमन्त्रीले ५जि विकासलाई बढावा दिन गरे राष्ट्रिय समितिको नेतृत्व

शेयर गर्नुहोस

देशमा ५जि विकासको समन्वय गर्न र डिजिटल अर्थव्यवस्थाको वृद्धि गर्न थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाको अध्यक्षतामा २६ सदस्यको राष्ट्रिय समिति गठन गरिएको छ ।

राष्ट्रिय एजेन्सीहरुबाट राष्ट्रिय प्रसारण तथा दूरसञ्चार आयोगका लागि प्रयोग नभएको स्पेक्ट्रमको रिकल गर्ने सम्बन्धमा अवरोधहरुलाई कम गर्ने काम पनि समितिलाई तोकिएको छ । यसले ५जि विकास समर्थनको लागि सम्बन्धित एजेन्सीहरुबीच सहकार्य बढाउने अपेक्षा गरिएको छ ।
उपप्रधानमन्त्री सोनकिड जतुस्त्रिपितक, प्रवीत वोंगुिवान र विसानु क्रेम–एनगम समितिका उपसभापतिहरुको रुपमा काम गर्दछन् । अर्थमन्त्री, पर्यटनमन्त्री र शिक्षामन्त्री पनि समितिका सदस्य हुन् । डिजिटल अर्थव्यवस्था र समाज मन्त्रालयका स्थायी सचिव समितिका निर्देशक र सचिवका रुपमा कार्यरत छन् ।

यो समिति भर्टिकल ५जि विकासको प्रचार गर्न, अर्थव्यवस्था र अन्य प्रयोगकर्ताहरुका लागि ५जि अगींकरणका अधिक फाइदाहरु सुनिश्चित गर्न गठन गरिएको हो । थाईल्याण्ड एनबीटीसी महासचिव टर्कोम तान्तासिथका अनुसार यसले मुख्य मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता सुनिश्चित गरी ५जि अगींकरण र पूर्वाधार विकासका लागि स्पष्ट मार्ग देखाउने छ ।
कोभिड–१९ को महामारीले थाईल्याण्डका प्रमुख टेलिकम अपरेटरहरुलाई ५जि टेक्नोलोजीको परिचालन गर्न बढावा दिएको छ । डाक्टर र चिकित्सकहरुलाई भाइरससँग लड्न मद्दत पु¥याउन देशका शीर्ष मोबाइल अपरेटरहरु अस्पतालहरुमा ५जि नेटवर्क परिचालन गर्न लागिपरेका छन् ।

जन स्वास्थ्यमा ५जि को प्रयोगले आपतकालमा मानिसको स्वास्थ्यमा डिजिटल पूर्वाधारले कसरी महत्वपूर्ण प्रभाव पार्दछ भनेर देखाउदछ । थाईल्याण्ड डिजिटल अर्थव्यवस्था र समाज मन्त्री, बुद्धिपुन्से पुन्नकान्ताले भन्नुभयो ।
हुवावे टेक्नोलोजीसँग मिलेर थाईल्याण्ड डिजिटल अर्थव्यवस्था र समाज मन्त्रीले नतिजा निदानको परिणामलाई उच्च गतिको नेटवर्कको माध्यमबाट अझै प्रभावकारी बनाउने लक्ष्यका साथ देशका अस्पतालहरुलाई ५जि टेक्नोलोजीको एआइ–असिस्टेड सोलुसन्स प्रदान गर्दै आएको छ ।
औद्योगिक संगठनहरु जस्तै जीएसएमएले महामारीको विरुद्ध लड्न ५जि टेक्नोलोजी महत्वपूर्ण रहेको र यो आर्थिक सुधारका लागि ूमेरुदण्डू रहेको दर्शाए । महामारी पश्चात पुनः काम सुचारु गर्दा आईसीटी र डिजिटल अर्थव्यवस्थामा प्रमुख जोर पर्ने कुरालाई यस क्षेत्रले पक्कै स्वीकारेको छ ।


शेयर गर्नुहोस

Leave a Comment