हुवावे मलेसियाले बुधबार हुवावे एसिइएन एकेडेमी शुचारुमा ल्याएको छ जुन यस क्षेत्रमा डिजिटल प्रतिभालाई सशक्त पार्न एक समर्पित प्रशिक्षण मोड्युल हो । सोही प्रतिबद्धतामा हुवावेले आगामी ५ वर्षमा विभिन्न व्यवसाय र प्राविधिक क्षेत्रमा फिजिएका ५०,००० प्रतिभाहरुको रेखदेख गर्ने लक्ष्य बोकेको छ । एकेडेमीले ३,००० भन्दा बढी कोर्ष प्रदान गर्नुका साथै डिजिटल प्रतिभा निर्खान १०० कुशल प्रशिक्षकहरु समावेश गरेको छ ।
एशिया प्रशान्त क्षेत्रमा डिजिटल आर्थिक विकासतर्फ आईसिटी विकासमा महत्वपूर्ण भुमिका खेल्ने मलेसियाको हुवावे एसिइएन एकेडेमी नै पहिलो रहेको छ । अहिलेको अवस्थामा स्थानिय प्रतिभाको विकास सँगसँगै परिवर्तनशील भूमण्डलीकरण परिदृश्यमा तिनीहरु उचित आईसिटी ज्ञानबाट सुसज्जित छन् कि छैनन् भनेर सुनिश्चित गर्न जरुरी छ । मलेसियाका संचार र मल्टिमिडिया मन्त्री, वाइबी डाटो सैफुद्दीन अब्दुल्ला भन्नुहुन्छ, आईसिटीमा संचार र मल्टिमिडिया मन्त्रालय र हुवावेको लामो सहयोगी सम्बन्ध २००१ मा हुवावे टेक्नोलोजीको स्थापना भएदेखि रहेको र डिजिटल अर्थव्यवस्था सही मार्गतिर लम्काउन भविष्यमा अझै धेरै सफल साझेदारीहरु गरिनेप्रति आशावादी छौं ।
एकेडेमीको आईसीटी प्रशिक्षण कार्यक्रम र पाठ्यक्रमहरू सरकारी निकाय, उद्योगी र विश्वविद्यालयका विद्यार्थीहरूलाई लक्षित गरेर डिजाइन गरिएको छ जसले देशको आईसीटी ईकोसिस्टम विकास गर्न समग्र दृष्टिकोण प्रदान गर्दछ । यसले परिदृश्यमा आधारित तथा अनलाइन प्रत्यक्ष प्रशिक्षण, र विदेशी अध्ययन भ्रमण नामक स्थापित र विविध शैक्षिक विधिहरू कार्यान्वयन गर्दछ । एकेडेमीले विभिन्न प्रकारको प्रतिभा र आवश्यक स्तरहरूको लागि यसरी बहु(आयामिक समाधानहरू प्रदान गर्दछ कि यी समाधानहरू उद्यमहरूको लागि प्रभावी ढंगमा वर्तमान प्रतिभा अन्तरहरू मेल खान्छन ।
हुवावे मलेसियाका सीईओ, माइकल युआन भन्नुहुन्छ, “यसरी हामी सबै यो नया“ सामाजिक दूरीको ढा“चामा ढलिरह“दा, एक मजबूत डिजिटल नेटवर्क र पूर्वाधारको महत्व पहिले भन्दा अहिले बढी स्पष्ट भएको छ । एक मजबूत डिजिटल नेटवर्क र पूर्वाधारको मेरुदण्ड अझै पनि मानिसहरु रहेको छ जो मलेसियालीहरूको सुविधाका लागि यस्ता निर्माण र मर्मतका सेवाहरू प्रदान गर्दछन् । एसिइएन एकेडेमीले प्रदान गरेको तालिम र कार्यक्रमहरूले सक्षम रुपमा स्थानीय प्रतिभालाई भविष्यका लागि तयार हुन र देशको डिजिटल रूपान्तरणको यात्रा फस्टाउन योगदान पु¥याउने छ ।”
उद्योग आवश्यकताको आधारमा एकेडेमीले तीन मौलिक पिलरहरू बीचमा देशको प्रतिभा फाँटको मुख्य बिन्दुहरू सम्बोधन गर्दछ जुन आईसीटी उद्योग प्रवृत्तिमा निर्देशन, इकोसिस्टम प्रतिभा सक्षमता र कौशल सुधार रहेको छ । एकेडेमीले देशको डिजिटल अर्थव्यवस्थाको लागि एक ठोस आधार प्रदान गर्न कौशल र प्रतिभा विकासमा कुञ्जी सक्षमकर्ताको रूपमा प्रविधि प्रयोग गर्दछ । एक ग्लोबल अग्रणी आईसीटी समाधान प्रदायकको रूपमा हुवावेले सबै पक्षहरुलाई फाइदा हुने एक खुला साझा आईसीटी प्रतिभा इकोसिस्टमको वकालत गर्दछ । हुवावेको यात्रामा हुवावे एसिइएन एकेडेमीले स्थानीय आईसीटी प्रतिभा विकास गर्ने र डिजिटल रूपान्तरण सक्षम पार्ने क्रममा अर्को महत्वपूर्ण सफलता प्रस्तुत गरेको छ ।