एनसेलको १६ औँ पर्पल स्याटर्डे महोत्सव हुँदै

काठमाडौँ । एनसेलको १६ औँ पर्पल स्याटर्डे महोत्सव हुने भएको छ । शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि एनसेलको १६ औँ पर्पल स्याटर्डे महोत्सवको आयोजना गरेको जानकारि दिएको छ  । 

नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान)को एनसेलसंगको विषेश सहकार्यमा पर्पल स्याटर्डे महोत्सवको आयोजना भएको हो ।

नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते “नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम” भन्ने नाराका साथ काठमाडौंको दरवारमार्गमा एनसेलले पर्पल स्याटर्डे महोत्सवको आयोजना गरिएको छ । 
काठमाडौँ महानगरपालिकाभित्रको सांस्कृतिक प्रवद्र्धन एवं संरक्षणमा समेत यो महोत्सव सहयोगी हुने भएको छ । साथै काठमाडौँ उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतीका साथ महोत्सवको औपचारिक शुभारम्भ शनिवार विहान ११ः३० बजे हुनेछ । गीतसङ्गीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहरू सहित यो महोत्सव सो दिन बेलुका ८ः३० बजेसम्म आयोजना गरिनेछ । 
यस महोत्सवमा चर्चित गायक गायिका, कलाकार तथा साङ्गीतिक समूहहरूको प्रस्तुति हुनेछन् । कलाकारहरू दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले आ–आफना प्रस्तुति राख्नेछन् । 

महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहनेछन् । विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन/प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विशेष आकर्षणहरु हुनेछन् । 

Leave a Comment