सरकारी स्वमित्वको दुर सञ्चार सेवा प्रदायक नेपाल टेलिकम (एनटिसि) ले चैत २९ गतेदेखि ३ महिनाको लागि लागु हुने स्प्रिङ अफर सार्वजनिक गरेको छ ।
यस अफरमा कम्पनिले आफ्नो एफटीटीएच फाइबर इन्टरनेट प्याकेजलाई थप आकर्षक बनाइएको छ । यस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक रु. ८,०००। मा उपलब्ध हुनेछ । पहिले देखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक रु. ६,०००। मा उपलब्ध गराइने छ । साथै, कम्पनीले १ वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ ।
नेपाल टेलिकमको स्प्रिङ अफर | ब्यान्ड्विथ | डाटा | भोइस् | मुल्य |
डाटा अन्ली प्याक | १० एमबिपिएस | एफयुपि, हरेक दिन २० जिबि | वैकल्पिक् पिएसटिएन | प्रती महिना रु ८००/वार्षिक रु ८,००० |
त्यसैगरी, एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक रु. १२,००० मा २० एमबीपीएसको इन्टरनेट, ३,००० हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइने छ ।
नेपाल टेलिकमको स्प्रिङ अफर | ब्यान्ड्विथ | डाटा | भोइस् | मुल्य (वार्षिक) |
एफटिटिएच भोइस् (डाटा वैकल्पिक्) | १० एमबिपिएस | एफयुपि, हरेक दिन २० जिबि | वैकल्पिक् पिएसटिएन | रु. ६,००० |
यस बाहेक कम्पनिले विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई पनि निरन्तरता दिइएको छ । सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमा प्राप्त डाटा खपत भएपश्चातको डाटा Throtting Speed मा बढोत्तरी गरिएको छ । प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपत पश्चात उत्ति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा *1442# डायल गरी सुलभ दरको एड अन प्याक (Add on Pack) पनि प्राप्त गर्न सकिन्छ ।
यो पनि पढ्नुहोस: नेपालमा पहिलो पटक नेपाल टेलिकमको 5G नेटवर्क ट्रायल सुरु
नेपाल टेलिकमको स्प्रिङ अफर कसरी प्याकस लिने ?
नेपाल टेलिकमको स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेजहरु प्राप्त गर्नका लागि आफ्नो फोनमा *1415*1# डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस अफर सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
थप जानकारिका लागी आफ्नो जिज्ञासा तल कमेन्टमा राख्नुहोस ।