ग्राहकको सुरक्षा र गोपानीयतामा समझौता गर्दैनौ, निर्धक्क सेवा प्रयोग गर्नुहोस-नेपाल टेलिकम

सरकारी स्वामित्वको दूरसंचार प्रदायक संस्था नेपाल टेलिकमले आफ्नो ग्राहकको सुरक्षा र गोपानीयतामा समझौता नगरिएको बताएको छ । साथै, एक सूचना जारी गर्दै ग्राहकलाई आफ्नो सेवाहरु सुरक्षित भएको र निर्धक्क प्रयोग गर्न अनुरोध गरेको छ।

२०७९ जेठ २२ मा एक अनलाइन न्युज पोर्टलमा नेपाल टेलिकमका सेवाका सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

“नेपाल टेलिकमले ग्राहकको गोपनियतालाई सधै सम्मान गर्ने र यसको सुरक्षा र गोपनियतामा एकरत्ति पनि सम्झौता हुन नदिने प्रति सबै ग्राहक महानुभावहरुलाई आश्वस्त हुन अनुरोध गर्दछौं,” कम्पनी प्रवक्ता शोभन अधिकारी भन्छन ।

यो पनि पढ्नुहोस:

साथै कम्पनीले कुनै खास मौकामा मात्र आवश्यक परे ग्राहकको विवरण सरकारी निकायम पुग्ने बताएको छ ।

“राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरुले झैं कम्पनीले विवरणहरु उपलब्ध गराउने गरेको छ ।”

यसै साथ, कम्पनीले आफ्ना सेवाहरु अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकवर्गको गोप्यता कायम गर्न संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध गरेको छ ।

कम्पनीले आफ्नो सेवाका संस्थागत प्रयोगकर्ताहरु उल्लेख्य रुपमा बढिरहेको व्यहोरा समेत जानकारी गराएको छ ।

यस समाचारबारे आफ्नो राय तथा प्रतिक्रिया तल कमेन्टमा राख्नुहोस ।

Leave a Comment