भारत र थाइल्यान्डमा नेपाल टेलिकमको रोमिङ शुल्क अब रु ७ मात्र

नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन गरेको छ । यससँगै अब रोमिङ सेवा प्रयोग गरेबापत एनटिसिका ग्राहकले निकै सस्तो मुल्यमा यि दुइ देशहरुमा कल गर्न र रिसिभ गर्नका साथै एसएमएस तथा डाटाको सुबिधा प्रयोग गर्न पाउने छन।

नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनिय रुपमा कमी गर्ने भएको छ । मे १७ मा मनाइने आइ.टि.यु डे २०२३ को अवसरमा भोलि (२०८० जेठ ३ गते) देखि लागू हुने गरी नयाँ महसुल दर कायम हुनेछ ।

यो पनि पढ्नुहोस: नेपाल टेलिकमको आय ६७ करोडले वृद्धी, खुद मुनाफा भने घट्यो

नेपाल टेलिकमको रोमिङ शुल्क परिमार्जित

नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने छन् । नयाँ दर अनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट रु. ७ मात्र शुल्क लाग्ने छ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट रु. ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस रु. ७ नै लाग्ने छ ।

हाल भारतको कुनै नम्बरमा कल गर्दा रु. ३०, अन्य नम्बरबाट आएको कल उठाउँदा रु. १४ र एसएमएस गर्दा रु. २४ लाग्ने व्यवस्था छ ।

त्यसैगरी थाइल्यान्डमा एनटिसिको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट रु. ५० मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट रु. २५ र एसएमएस गर्दा प्रति एसएमएस रु. १० लाग्ने छ ।

हाल कुनै नम्बरमा कल गर्दा रु. १३५ र अन्य नम्बरबाट आएको कल उठाउँदा रु. ९० लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस रु. ३४ लाग्छ ।

थप पढ्नुहोस: नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक, रु. ८,००० मै वार्षिक प्याकेजको सुविधा

त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी रु. ४० शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रति एमबी करिव रु. ५ मात्र लाग्ने छ ।

थप जानकारिका लागी तल कमेन्ट्मा लेख्नुहोस ।

Leave a Comment