नेपाल टेलिकमको कुल आय ४४.८६ अरव नाघयो, खुद मुनाफा भने कमी

नेपाल टेलिकमले हालै सार्वजनिक गरेको वित्तीय प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०) अनुसार कम्पनीको आयमा सुधार भएको छ भने मुनाफामा भने ह्रास आएको छ।

कम्पनीका अनुसार गत आ.व. को आषाढ मसान्त (२०७९ आषाढ) सम्मको कुल आय रु. ४४ अर्व ३७ करोड ४६ लाख ५६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०८० आषाढ मसान्त) सम्ममा कुल आय रु. ४९ करोड ३६ लाख १६ हजार (अर्थात् १.११ प्रतिशत ) ले वृद्धि भई रु. ४४ अर्व ८६ करोड ८२ लाख ७३ हजार रहेको छ ।

गत आ.व. को आषाढ मसान्त (२०७९ आषाढ) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु ३७ अर्व ९१ करोड ९७ लाख ८९ हजार रहेकोमा चालु आ.व. को सोहि अवधि (२०८० आषाढ मसान्त) सम्ममा  रु १ अर्व ११ करोड ५८ लाख ५८ हजार (अर्थात, २.९४ प्रतिशत) ले कमी भई रु ३६ अर्व ८० करोड ३९ लाख ३० हजार रहेको छ । 

गत आ.व. को आषाढ मसान्त (२०७९ आषाढ) सम्मको खुद मुनाफा रु ८ अर्व ४७ करोड ७ लाख ३३ हजार रहेकोमा चालु आ.व. को सोही अवधिसम्म (२०८० आषाढ मसान्त) मा रु. ६६ करोड ६२ लाख ७ हजार (अर्थात, ७.८६ प्रतिशत) ले कमि आई  रु ७ अर्व ८० करोड ४५ लाख २६ हजार रहेको छ ।

यसैगरी, कम्पनीको प्रति शेयर आम्दानी यस वर्ष रु. ४३.३६ रहेको छ ।

यो पनि पढ्नुहोस: नेपाल टेलिकमको सीडीएमए फिक्स्ड सी-फोन प्रयोगकर्ताहरुलाई आकर्षक अफर सहित नमस्ते वाईफाई र अन्य सुविधा

खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणहरु:

  • Roaming सेवाको बढ्दो प्रयोगको कारण यस वर्षको आयमा गत वर्षको तुलनामा २२ करोड ४६ लाख वृद्धि भएको । गत वर्षको तुलनामा सेवा संचालनसंग प्रत्यक्ष रुपमा सम्बन्धित खर्चहरुमा वृद्धि भएको । बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १ अर्ब ८५ करोड ७७ लाखले वृद्धि भएको ।
  • बिदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु.२२ करोड २४ लाख Foreign exchange gain भएको ।
  • Domestic अन्तरआवद्धता शुल्क (Tariff) मा परिमार्जन भएको । कम्पनीद्वारा व्यापक रुपमा देशैभरी फोरजी सेवा विस्तारसँगै डाटाको पहुँचमा वृद्धि भएको र सस्तो दरका डाटा प्याकेजहरु बढ्दै गएको कारण OTT सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्तरआवद्धता आयमा करिब रु. ६८ करोड ३७ लाखले कमी भएको ।
  • मौसमको प्रतिकुल असरले गर्दा बिद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साईटहरु समयमा संचालन हुन नसकेको।
  • आर्थिक ऐन, २०७९ बाट दूरसंचार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा तुलनात्मक रुपमा कमी आएको।
  • COVID-19 को कारण बिगत केहि वर्ष देखि संचालन हुन नसकेको क्षमता अभिवृद्धिका कार्यक्रमहरु यस वर्ष संचालन हुनु र गत वर्ष कर्मचारीहरुको तलबमा भएको वृद्धिको कारण यस वर्ष कर्मचारीसंग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि भएको।
  • विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको। 
  • ‘राष्ट्रको सञ्चार’ भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।

नेपाल टेलिकम नेपालको सबैभन्दा अग्रणी दुरसञ्चार सेवा प्रदायक संस्था हो जसले मवाइल, र फाइबर इन्टरनेट लगायतका सञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको छ । कम्पनीले हालै आफ्नो फाइबर इन्टरनेट सुविधा अन्तर्गत १ जीबिपीएस सम्मको नयाँ प्याकेज घोषणा गरेको छ।

Leave a Comment