नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच एक सम्झौता सम्पन्न भएको छ ।
बिहीबार (२०८० पुस १९ गते) यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
नेपाल टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रुपमा पुर्याउनआवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पुर्याउनका लागि एनआईटीभी नेपालले आवश्यक भूमिका निर्वाह गर्नेछ । दुवै पक्षबिच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका समाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ ।
यो पनि पढ्नुहोस: नेपाल टेलिकमले ल्यायो समर अफर, अब रु ८ सयमा ३५ जीबी डाटा
आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवा वारेमा अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पु¥याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने अपेक्षा गरिएको छ ।
यसबाट सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीसँग अन्तरक्रिया गर्ने कम्पनीको उद्देश्य प्राप्तिमा समेत मद्दत पुग्ने छ।
यस पश्चात ग्राहकले पनि नेपाल टेलिकमको सेवाहरु बारे विविध जानकारी पाउने छन भने सेवाहरु कसरी सुचारु गर्ने आदि इत्यादि जानकारी प्राप्त गर्न सहज हुने छ।