नेपाल टेलिकमको सुन्धारा अन्तर्गतका क्षेत्रहरुमा कपर प्रविधिको टेलिफोन सेवा बन्द

शेयर गर्नुहोस

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (PSTN) सेवालाई फाईबर टू दी होम (FTTH) प्रविधिमा स्तरोन्नती गरेको छ । मिति २०८०-१२-२२ गते दू.सं. कार्यालय सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गर्नुभएको हो ।

कपर प्रविधिबाट वितरित टेलिफोन तथा ADSL लाईनहरु पूर्ण रुपमा आधुनिक फाईबर प्रविधिको FTTH नेटवर्कमा migration कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो ।

यो पनि पढ्नुहोस: नेपाल टेलिकमको एनटि टिभीमा “अ ला कार्टा लागु”, अब चाहेको टिभी च्यानल मात्र रोज्न मिल्ने

उक्त कार्यक्रममा प्रमुख अतिथी तथा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाईबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गर्नुभयो ।

FTTH प्रविधिमा migration भईसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरुका लागि फलदायी हुने विश्वास कम्पनीको रहेको छ ।


शेयर गर्नुहोस

Leave a Comment