नेपाल टेलिकमले सुरु गर्यो भोइस ओवर वाइफाई, के छन फाईदा?

नेपाल टेलिकमले आज (माघ २२, २०८१) देखि VoWiFi (भोइस ओवर वाइफाई) सेवा सुरु गरेको छ कम्पनीले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा सो सेवाको औपचारिक रुपमा व्यावसायिक संचालनमा आएको घोषणा गरेको हो. भोइस ओवर वाइफाईलाई वाइफाई कलिङ पनि भानिन्छ । यसले मोबाइल टावरको सिग्नल बिनानै फोनवाइफाईमा कनेक्ट गरि फोन कल गर्न सकिन्छ ।

टेलिकमको भोइस ओवर वाइफाई केहि समयदेखि सुचारु भइसकेता पनि कम्पनीले माघ २२ बाटमात्र यसको औपचारिक संचालन गरेको छ ।

भोइस ओवर वाइफाई के हो र के-के छन् यसका फाइदा?

भोइस ओवर वाइफाई यस्तो प्रविधि हो जसले मोबाइल फोनलाई वाइफाईमा कनेक्ट गरि कल गर्ने सुविधा उपलब्ध गराउँछ। परम्परागत रुपमा भन्दा फोनले मोबाइल टावरबाट आउने सिग्नलको प्रयोग गरि फोने कल को सुबिधा दिने गर्दछ तर भोइस ओवर वाइफाईले बिना कुनै मोबाइल टावर वाईफाईको सहायतामै व्होइस अर्थात कल सेवाको व्यवस्था गर्दछ ।

त्यसैले त्यस्ता ठाउँ जहाँ मोबाइल टावर टाढा छ या सिग्नल निरन्तर आउँदिन, त्यस प्रकारका ठाउँहरुमा भोइस ओवर वाइफाई निकै उपयोगी हुन्छ । 

साथै, भोइस ओवर वाइफाई ले एच डी गुणस्तरको भोइस सेवा सुनिस्चित गर्दछा यद्धपि यसका लागि वाइफाई को राम्रो सिग्नल भने आवश्यक रहन्छ।

यो पनि: नेपाल टेलिकमको एनटि टिभीमा “अ ला कार्टा लागु”, अब चाहेको टिभी च्यानल मात्र रोज्न मिल्ने

कसरि प्रयोग गर्ने त नेपाल टेलिकमको भोइस ओवर वाइफाई सेवा?

नेपाल टेलिकमको भोइस ओवर वाइफाई सेवा प्रयोग गर्नका लागि आफ्नो फोनको सेटिङमा > मोबाइल नेटवर्क भित्र > सिम मा गइ भोइस ओवर वाइफाई सेवा या वाइफाई कलिङ लाइ रोज्नुपर्ने हुन्छ ।

तर यो सेवा आफ्नो फोनमा प्रयोग गर्नका लागि फोनले यो प्रविधि सपोर्ट गर्ने हुनु पर्दछ भने साथै भो एलटिइ (VoLTE) पनि एक्टिभेट भएको हुनुपर्दछ ।

कम्पनीका अनुसार अहिलेलाई नेपाल टेलिकमको भोइस ओवर वाइफाई सेवा आइफोन, साओमी, सामसङ, टेक्नो जस्ता ब्रान्डका सिमित मोडलमा उपलब्ध छन् भने चाँडै नै थप फोनहरुमा यो सुबिधा आउने बताइएको छ ।

नछुटाउनुहोस: नेपाल टेलिकमद्वारा डाटा रोमिङ सेवा शुल्कमा भारि कटौती

शुल्क कति लाग्छ ?

नेपाल टेलिकमको भोइस ओवर वाइफाई सेवामा कुनै अतिरिक्त शुल्क लाग्दै । यो सेवा प्रयोग गरे बापत ग्राहकको सिमबाट PAYG (अन्य समयको कल बराबर) कलको शुल्क लाग्दछ । यो सेवा देशबाहिर प्रयोग गर्दा भने इन्कमिंग कल फ्री भए पनि आउटगोइङ कलमा भने प्रति मिनेट रु ३ लाग्ने कम्पनीले जनाएको छ।

साथै छोटो समयमा नै नेपालमा उपलब्ध हुने वीवीध फोनहरुमा पनि भोइस ओवर वाइफाई उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Leave a Comment