नेपाल टेलिकम (NTC) ले स्थानीय तहका कार्यालयहरूलाई मोबाइल वा इन्टरनेट सेवा पहुँच नभएको खण्डमा सम्पर्क गर्न अनुरोध गरेको छ। चैत्र १६, २०८१ मा जारी गरिएको सूचनामा, कम्पनीले दैनिक कामका लागि ब्रोडब्यान्ड सेवाको महत्त्वमा जोड दिदैं आफ्नो सेवाको अभाव भएको स्थानीय तहका सरकारहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।
कम्कोपनीको यो सूचना आफ्नो सेवाहरुको व्यापक विस्तारका बिच आएको छ। कम्पनीले ७७ जिल्लामा आफ्नो फाइबर सेवाको विस्तार गरेको छ, जबकि ९८% भन्दा बढी स्थानीय तहहरूमा ४G पहुँच पनि सुनिस्चित भइसकेको छ। यस अवस्थामा, कम्पनीले सबै स्थानीय सरकारी कार्यालयहरूमा कम्तिमा आफ्नो एउटा सेवा भएको सुनिश्चित गर्न चाहन्छ।
“नेपाल टेलिकमले सबै ७५३ स्थानीय तहमा आफ्नो मोबाइल/एफटिटीएच फाइबर/भीस्याट/लीज सेवाहरू मध्ये कम्तिमा एउटा प्रदान गर्दछ। यद्यपि, यदि कुनै पनि स्थानीय तहमा कार्यालयहरूको दैनिक कामकाजको लागि इन्टरनेट र टेलिफोन सेवाहरू अझै पनि उपलब्ध छैनन् भने, तपाईंलाई निम्न टेलिफोन/मोबाइल नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छ,” कम्पनीले आफ्नो सुचनामा भनेको छ।
यो पनि: नेपाल टेलिकमले सुरु गर्यो भोइस ओवर वाइफाई, के छन फाईदा?
कम्पनीले स्थानीय तहलाई सम्पर्कका निम्ति आफ्नो ब्याकबोन प्रसारण निर्देशनालय, बबरमहलको सम्पर्क नम्बर- ०१५७०७६२१ (टेलिफोन) र ९८५१०८७६५४ (मोबाइल) जारी गरेको छ। कम्पनीले यो पनि भनेको छ कि स्थानीय सरकारका कार्यालयहरूले टेलिकमका सेवाहरूको लागि आफ्नो नजिकको कार्यालयमा सम्पर्क गर्न सक्छन्।
कम्पनीले सरकारी सेवाहरूलाई डिजिटलाइज गर्ने र सुशासन प्रवर्द्धन गर्ने परियोजनाको नेतृत्व गरेको छ। यस पहल अन्तर्गत, कम्पनीले नेपालभरका सबै स्थानीय तहहरूमा कम्तिमा एउटा सेवा भएको सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
कम्पनीले ७५३ स्थानीय तहका ६,७४३ वडा केन्द्रहरूमा यसको दूरसञ्चार सेवाहरूको पहुँच सुनिश्चित गर्न चाहन्छ।