नेपाल टेलिकमले ल्यायो दशैँ, तिहार, छठ अफर छुटै छुटका साथ्

नेपाल टेलिकमले नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं-तिहार-छठ अफर २०८२ घोषणा गरेको छ। सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरु २०८२ असोज ०६ गतेदेखि प्रारम्भ हुनेछन् ।

यस अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शूल्क ९रु। ५००० मिनाहा गरिएको छ । यसै गरी दसैं-तिहार-छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि रु। ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड र रु। ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ ।

फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy (FUP) मा तोकिएको ५ जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन FUP मा तोकिएको १० जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन् ।

साथै रु। २५० मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र रु। ९९ मा १००० अन-नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

अफर प्रकारविवरणमूल्य/छुटवैधता
एफटीटीएच अफरनयाँ जडानमा जडान शुल्क छुट रु. ५,००० छुटअसोज ६–३१
फेस्टिवल अनलिमिटेड डाटादैनिक ५ GB हाई–स्पीड, पछि २ Mbps मा अनलिमिटेडरु. ४९९२८ दिन (प्रिपेड) / ३० दिन (पोस्टपेड)
फेस्टिवल अनलिमिटेड प्रिमियम डाटादैनिक १० GB हाई–स्पीड, पछि ३ Mbps मा अनलिमिटेडरु. ६९९२८ दिन (प्रिपेड) / ३० दिन (पोस्टपेड)
जोयफुल मिनेट्स१००० मिनेट अल–नेट भ्वाइसरु. २५०२८ दिन (प्रिपेड) / ३० दिन (पोस्टपेड)
फेस्टिभ म्यासेज प्याकेज१००० अन–नेट SMSरु. ९९२८ दिन (प्रिपेड) / ३० दिन (पोस्टपेड)

यो पनि: नेपाल टेलिकमले सुरु गर्यो भोइस ओवर वाइफाई, के छन फाईदा?

कसरि लिने नेपाल टेलिकमको दशैँ, तिहार, छठ अफर?

जीएसएम सेवाका प्याकेजहरु असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरुका लागि लागु हुनेछ । आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ुनेपाल टेलिकम एपु प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।

विभिन्न पर्वहरुका अवसरमा उपलब्ध गराइने यसप्रकारका अफरहरुले चाडपर्वको समयमा अझबढी सम्पर्कमा रहन, आफन्तसँग खुशी बाँड्न र डिजिटल सेवाहरुको प्रयोग बढाउन प्रोत्साहित गर्ने विश्वास कम्पनीको रहेको छ ।

Leave a Comment