नेपाल टेलिकमको आकर्षक Fiber Festive Offer: अब १३ महिनाको इन्टरनेट मात्र रु. १०,४९९ मा!

नेपाल टेलिकमले यस वर्षको चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष “Fiber Festive Offer” सार्वजनिक गरेको छ। तिहारको मौकामा ल्याईएको यो अफर अन्तर्गत ग्राहकहरूले अब एक वर्षको नभई १३ महिनाको 75 Mbps इन्टरनेट सेवा मात्र रु. १०,४९९  मा प्राप्त गर्न सक्नेछन्।

कम्पनीको यस अफरमा इन्टरनेटसँगै अन्य सुविधाहरू पनि समावेश छन् । यो अफर खरीद गर्दा ग्राहकले वार्षिक ३००० मिनेट NT-NT कल, दैनिक 700 MB मोबाइल डाटा, र रु. ५०० बराबरको नि:शुल्क जडान (Free Installation)को सुविधा प्राप्त गर्नुहुनेछ। यसरी, यो अफरले ग्राहकहरूलाई उच्चगति इन्टरनेटसँगै मोबाइल र कल सुविधाको पनि अतिरिक्त फाइदा उपलब्ध गराउँछ।

नेपाल टेलिकमको यो विशेष अफर कार्तिक १० गतेसम्म मात्र लागू हुनेछ, त्यसपछि यो योजना अन्त्य हुनेछ। त्यसैले इच्छुक ग्राहकहरूले समयमा नै यस अवसरको फाइदा उठाउनुपर्नेछ। नयाँ लाइन जडान गर्न वा FTTH सेवासम्बन्धी कुनै समस्या देखिएमा ग्राहकहरूले १९८ नम्बरमा सम्पर्क गरी सहयोग लिन सक्नेछन्।

जान्नुहोस: नेपाल टेलिकमले सुरु गर्यो भोइस ओवर वाइफाई, के छन फाईदा?

नेपाल टेलिकमको यस चाडपर्व लक्षित फाइबर इन्टरनेट अफरमा के-के पाउनुहुन्छ?

नेपाल टेलिकमको चाडपर्व लक्षित फाइबर इन्टरनेट अफरमा निम्न सुविधाहरु छन्:

  • १३ महिनाको 75 Mbps FTTH इन्टरनेट सेवा
  • वार्षिक ३००० मिनेट NT-NT कल (नेपाल टेलिकमको नेटवर्कमा मात्र लागु हुने)
  • दैनिक 700 MB मोबाइल डाटा
  • ५०० बराबरको नि:शुल्क जडान (Free Installation)

कम्कोपनिको यो अफरले तपाईंको घरमा भरपर्दो इन्टरनेट, नियमित मोबाइल डाटा, र सस्तो कल सुविधाको समायोजन ल्याउँछ। अब घर वा कार्यालयमा डिजिटल जीवनलाई अझ सहज बनाउन यो अफर तपाईंका लागि उत्कृष्ट अवसर हुन सक्छ।

यो पनि पढ्नुहोस: तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको 4G र च्छो-रोल्पामा भ्वाइस सेवा

Leave a Comment