खल्ती विस्ता वल्र्ड इनोभेसन एण्ड टेक एक्सीलेन्स अवार्ड २०२२ द्वारा सम्मानित

शेयर गर्नुहोस

बुधवार पेनाङ, मलेसियामा आयोजित “विस्ता” वल्र्ड इनोभेसन एण्ड टेक एक्सीलेन्स अवार्ड २०२२ मा खल्ती ‘डिजिटल अपर्चुनिटी / इन्क्लुजन क्याटागोरीको अवार्डद्वारा सम्मानित भएको छ। उक्त अवार्ड विस्ता (वल्र्ड इनोभेसन टेक्नोलोजि एण्ड सभिर्स एलिएन्स) ले प्रदान गरेको थियो।

यस अवार्ड कार्यक्रममा विश्वभरका ८० भन्दा बढी देशहरू सहभागीता थियो। बहु प्रतिष्ठित अन्तराष्ट्रिय विस्ता अवार्ड बाट खल्ती सम्मानित हुदा यसले नेपाललाई पनि अन्तराष्ट्रिय स्थरमा चिनाएको छ। उक्त अवार्डमा उपस्थित खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का ले खल्तिलाई आजको दिन यो स्थान सम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण खल्ती प्रयोगकर्ता, साझेदार, व्यापारी / एजेन्ट, नियामक, खल्ती र अन्य सरोकारवालाहरू प्रति धन्यवाद प्रकट गर्दै आउँदा दिनहरूमा अन्तराष्ट्रिय बजार वित्तीय सेवाको प्रविधि बुझेर आफ्नो सेवालाई अन्तराष्ट्रिय बजारमा पनि विस्तार गर्ने उदेश्य रहेको जानकारी गराए।

द वल्र्ड कङ्ग्रेस अन इनोभेसन एण्ड टेक्नोलोजि सन् १९७८ देखि स्थापना भएको द वल्र्ड इनोभेसन (टेक्नोलोजि एण्ड सभिर्स एलिएन्स) विस्ता को एक महत्वपूर्ण तथा प्रतिष्ठित इभेन्ट हो। यस इभेन्टमा विश्वभरका विभिन्न प्रतिष्ठित आइटि लिडर्सहरूको सहभागिता रहेको हुन्छ।

यस अवार्डका बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का पुनः भन्छन् “ खल्ती विस्ता को अवार्ड द्वारा सम्मानित हुनु हाम्रो र हाम्रो देश नेपालको लागि निकै गौरभको कुरा हो। यस अवार्डले हामीलाई लक्ष्यप्रति थप गम्भीर हुन प्रोत्साहन दिंदै थप चुनौती थपिदिएको छ।”

यो पनि पढ्नुहोस्: नेपालमा ई–सिम वितरण सुरु, के हो ई–सिम?

खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ। करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा धेरै प्रयोगकर्ताहरू रहेका छन्। यस मार्फत् प्रयोगकर्ताले बिलहरू भुक्तानी, मोबाइल र टिभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य धेरै सेवाहरूको डिजिटल भुक्तानी गर्न सक्छन्।

साथै, खल्तीले प्रदान गर्ने भुक्तानी सेवाहरूले पनि धेरै साना तथा ठूला व्यवसायहरूलाई आफ्नो बिक्री अनलाइन स्थानान्तरण गर्न प्रोत्साहित गरेको छ।


शेयर गर्नुहोस

Leave a Comment