नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

नेपाल टेलिकमले यही असोज ३ गते मनाइने संविधान दिवस¬२०७९ को अवसरमा “संविधान दिवस अफर” ल्याएको छ। कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो। यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ।

अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक रु. ९८ मा खरिद गर्न सकिने छ। त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक रु. ४९ मा उपलब्ध हुनेछ। यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु. २९४ मा खरिद गर्न सकिने छ ।

यो पनि पढ्नुहोस्: एनसेलले ल्यायो दशैं रिचार्ज बोनस

संविधान दिवस अफरमुल्यसमयावधि
६ जीबी डाटा प्याकरु. ९८३ दिन
अनलिमिटेड डाटा र भ्वाइसरु. ४९२४ घण्टा
२० जीबी डाटा प्याकरु. २९४१० दिन
संविधान दिवस अफर

असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ। यस अफरबाट ग्राहकहरुले लाभ लिने अपेक्षा कम्पनीको रहेको छ ।

Leave a Comment