एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागु हुने गरि नयाँ दुई विशेष अफर संचालनमा ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्नेछन्।
यी प्याकहरु आइतबारबाट तीन दिनका लागि मात्र संचालनमा रहनेछन्। असोज २ देखि ४ गतेसम्म रहने यस अफरमा ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक रु ५९ खरिद गर्न सक्नेछन्। यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँनेछन्।
यो पनि पढ्नुहोस्: नेपालमा ई–सिम वितरण सुरु, के हो ई–सिम?
एनसेल बाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र रु ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्नेछन् । यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिन रहने छ।
संविधान दिवस अफर | मुल्य | समयावधि |
अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक | रु ५९ | १ दिन |
अल नेटवर्क प्याक | रु ९५ | ३ दिन |
संविधान दिवसको अवसरमा ल्याइएका यि दुवै प्याकले ग्राहकहरुलाई ठूलो महत्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ। यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्नेछन्। त्यस्तै अर्को चर्चित टेलिकम अपरेटर एनटिसीले पनि संविधान दिवसको अवसरमा नयाँ संविधान दिवस अफर ल्याएको छ।