साइवर सुरक्षा नीति मन्त्रिपरिषद्मा पुगेको छ : सञ्चारमन्त्री शर्मा

शेयर गर्नुहोस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, साइवर सुरक्षा नीति मन्त्रिपरिषद्मा पुगेको जानकारी दिएकी छिन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले, साइवर सुरक्षा पोलिसी बनाएर क्याविनेट पठाइएको र अब केही दिनमै त्यो मन्त्रिपरिषद्ले पारित गरेर नीति बन्ने बताएकी हुन् ।

अहिले नेपालमा सूचना प्रविधिको विकास अनुरुपको नीति बन्न नसकेको उनको स्वीकारोक्ति छ ।
उनले भनिन् ” साइवर सुरक्षा पोलिसी बनाएर क्याविनेट पठाएका छौं र क्याविनेटमा छिटो छिटो त्यो नीति बन्ने छ । अहिले के भइरहेको छ भने सूचना र प्रविधि क्षेत्र अगााडि अगाडि हाम्रा नीति नियम र काम पछाडि पछाडि जस्तो जुन अवस्था भएको छ, यसको हामी अन्त्य गर्न खोज्दैछौं । “

यो पनि पढ्नुहोस्ः एस्ट्रोपडले ल्यायो “एक्सप्लोर” सुविधा

उनले नयाँ पिढीलाई सूचना प्रविधिको सकरात्मक सहयोग लिन सक्ने गरी विकास गर्न र सरकारले यस क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको औल्याइन् ।


शेयर गर्नुहोस

Leave a Comment