एनसेलले ल्यायो कम्बो प्याक, अब कुनै पनि नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने

शेयर गर्नुहोस

एनसेलका ग्राहकहरुले अब कुनैपनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै सधैं कनेक्टेड रहन सक्छन् । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु संचालनमा ल्याएको छ ।

अफ नेट अर्थात एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्छन् । यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा कर सहित रु ९९८ मा लिन सक्छन् । ग्राहकले *१७११८*७*३# डायल गरि सजिलै यो प्याक लिन सकिन्छ ।

त्यसैगरी अन नेट अर्थात एनसेलका नम्बरहरुमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकहरुले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डेटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित मात्र रु ७९८ लिन सक्छन् । यो प्याक *१७११८*७*२# डायल गरि लिन सकिन्छ ।

यो पनि पढ्नुहोस: एनसेलले ल्यायो ‘मज्जाको प्लान’, रु ५९९ मा २० जीबी डेटा र १५० मिनेट टक टाइम

यी दुवै कम्बो प्याकको समयवधि २८ दिन रहेको छ ।

अनलिमिटेड भ्वाइस कलसहित डेटा र एसएमएस सेवा बन्डल भएकोले यी दुवै प्याकहरुले ग्राहकहरुलाई ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझै सुलभ दरमा अफ नेट, अन नेट भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन् ।


शेयर गर्नुहोस

Leave a Comment