एस्ट्रोपडले ल्यायो “एक्सप्लोर” सुविधा, इभेन्टका लागि ज्योतिष शास्त्रिय मान्यतामा आधारित डेटिङ पार्टनर पत्ता लगाउ सकिने

शेयर गर्नुहोस

डेटिङ एप एस्ट्रोपडले आफ्नो मोबाइल एपमा नया फीचर “एक्सप्लोर” थप गरेको छ। यस सुविधाको प्रयोग गर्दै अब आफ्नो चाहना र इच्छयाहरु मिलने पार्टनर वा साथी खोजी कुनै इभेन्ट वा पार्टीमा जाना सकिने छ।

सहरको कुनै कन्सर्टमा जाँदै हुनुहुन्छ अथवा चलचित्र हेर्ने सोंच बनाउँदै हुनुहुन्छ अथवा रमाइलो पार्टीमा सहभागी हुने योजना बनाइरहनुभएको छ । तर, यस्ता इभेन्टमा एक्लैभन्दा कोही मन मिल्ने साथी लिएर जाने रहर छ । त्यस्तै साथी खोजिदिने फिचरसहित एस्ट्रोपड उपस्थित भएको छ ।

नेपाली युवाहरुले निर्माण गरेको डेटिङ एप एस्ट्रोपडले आफ्ना प्रयोगकर्तालाई रोमाञ्चक फिचर थप गरेको हो । युवायुवतीका लागि डेटिङ पार्टनर खोजिदिने उपायसहित एक वर्ष अघि नेपाली बजारमा सार्वजनिक भएको एस्ट्रोपडले अब इभेन्टमा सँगै जाने पार्टनर पनि खोज्न सकिने सुविधा सार्वजनिक गरेको छ ।

एपमा हालै अपडेट गरिएको एक्सप्लोर ९भ्हउयिचभ० फिचरले तपाईँको रुचि साझा गर्ने र इभेन्टसँगै अन्वेषण गर्न चाहने समान विचारधारा भएका व्यक्तिसँग जोडिने रोमाञ्चक उपाय उपलब्ध गराउँछ । यसमा प्रयोगकर्ताहरुले आफ्नो राशीअनुसारको एयर साइन फायर साइन अर्थ साइन तथा वाटर साइन हेरेर आफ्नो डेटिङ्ग पार्टनरका साथमा डेटिङ्ग स्थल छनोट गर्न सक्नेछन् । विशेषगरी वायु, अग्नी, जल र पृथ्वीले हाम्रा दैनिक जिवनकार्य र मानवलाई असर पार्ने ज्योतिषशास्त्रिय मान्यताअनुसार यी चिन्हमा आधारित रहेर प्रयोगकर्ताले आफूजस्तै रुचि राख्ने व्यक्ति खोजेर डेट गर्न सक्नेछन्।

एक्सप्लोर फिचरमा अप्ट इन गरेर र विशिष्ट घटना वा रुचि चयन गरेर ति गतिविधिमा आफूजस्तै रुचि राख्ने व्यक्ति पत्ता लगाउन सकिन्छ । कन्सर्ट, उत्सव, मेला वा पहिलो डेटको लागी स्मरणीय स्थल जान खोज्दै हुनुहुन्छ भने एस्ट्रोपडको एक्सप्लोर फिचरले त्यो सबै कभर गरेको छ ।

यो पनि पढ्नुहोस: सुरू भयो आठौँ आइसिटी अवार्ड २०२३ को अनलाइन नोमिनेसन, यि हुन अवार्डका १३ विधाहरु

एस्ट्रोपड एक्सप्लोर प्रयोग गरी इभेन्टमा यसरी सहभागी बन्नुहोस्

तपाईँ चलचित्र हेर्न जाने साथी खोज्दै हुनुहुन्छ भने एक्सप्लोर स्क्रिनमा नेभिगेट गरेर ‘मूभी डेट’ विकल्पमा छनोट गरेर त्यसमा अप्ट इन गर्नुहोस् । त्यहाँबाट सम्भावित ‘म्याचिङहरू’ मार्फत स्वाइप गर्न सुरु गर्न सक्नुहुन्छ, ज्योतिषीय अनुकूलता मूल्याङ्कन गर्न सक्नुहुन्छ, र दायाँ स्वाइप गरेर वा एस्ट्रोपड पठाएर आफ्नो रुचि व्यक्त गर्न सक्नुहुन्छ ।

यो अनौठो सुविधाले तपाईँको पहिलो डेटिङ्गका लागि कहाँ जाने भन्ने निर्णय गर्ने रमाईलो र आकर्षक तरिका प्रदान गर्दछ । एस्ट्रोपडको एक्सप्लोर सुविधाले रोमाञ्चक सम्भावनाहरूको ढोका खोल्छ र कुनैपनि इभेन्ट वा समान रुचिको संसारमा जोडिन सहयोग गर्दछ ।

जनीराखौं एस्ट्रोपड एक्सप्लोर प्रयोग गर्ने तरीका

एस्ट्रोपड एक्सप्लोर यसरी प्रयोग गरी साझा मूल्य मान्यता भएका डेटिङ पार्टनर पाउनुहोस।

  • एस्ट्रोपड एप खोल्नुहोस् र स्क्रिनको तल–बायाँ कुनामा अवस्थित एक्सप्लोर मेनुमा नेभिगेट गर्नुहोस् ।
  • एक्सप्लोर मेनुमा, तपाईँले विशिष्ट घटनाहरू वा रुचिहरू जस्ता विभिन्न विकल्पहरू फेला पार्नुहुनेछ । त्यहाँ
  • आफूलाई मनपर्ने इभेन्ट वा रुचि छान्नुहोस् जुन तपाईँ थप एक्सप्लोर गर्न चाहनुहुन्छ ।
एस्ट्रोपड एक्सप्लोर
  • उही इभेन्टमा रुचि राख्ने अन्य व्यक्तिहरू हेर्न, तपाईँले अप्ट इन गर्न आवश्यक छ ।
  • त्यहाँ इभेन्टमा अप्ट इन गरिएका प्रयोगकर्तालाई मात्र देखाइनेछ । यसले तपाईँलाई इभेन्टको लागि तपाईँको उत्साह साझा गर्ने सम्भावित जोडाहरू हेर्न र कनेक्ट गर्न अनुमति दिनेछ ।
  • तपाईँले छनोट गरेपछि आफूजस्तै रुचि, प्रोफाइल, प्राथमिकता र अन्य सान्दर्भिक जानकारी भएका व्यक्तिलाई एक्सप्लोर गर्नुहोस् र ज्योतिषीय अनुकूलता जाँच गर्नुहोस् ।
  • कार्यक्रमको लागि अप्ट इन गर्ने अन्य प्रयोगकर्ताको प्रोफाइलमार्फत स्वाइप गर्नुहोस् ।
  • अब आफ्नो रुचि संकेत गर्न दायाँ स्वाइप गर्नुहोस् वा आफ्नो रुचिको बारेमा जानकारी दिन एस्ट्रोपड प्रयोग गर्नुहोस् ।

यो पनि नछुटाउनुहोस: डिजिटल रूपान्तरणको गति बढाउनको लागि ह्वावेद्वारा एपीएसी APAC टेक इकोसिस्टमको सुधार

एस्ट्रोपडको बारेमा थप जानकारी

नेपाली युवाहरुको टोलीले तयार पारेको नेपालको एकमात्र डेटिङ एप एस्ट्रोपड अहिलेसम्म एक लाखभन्दा बढी युवायुवतीले प्रयोग गर्दै आएका छन् । यो एपमार्फत युवायुवतीले सहजैरुपमा आफ्नो रुची र ज्योतीषीय हिसाबले पनि उपयुक्त व्यक्तिलाई साथी वा जीवनसाथी बनाउन सक्छन् । एस्ट्रोपड आईओएस र एन्ड्रोइड दुवै स्टोरमा उपलब्ध छ ।


शेयर गर्नुहोस

Leave a Comment