सामसङको दशैंतिहार अफरमा ‘उत्साह चाडपर्वको, सम्बन्ध जीवनभरको’ योजना सार्वजनिक

यो चाडपर्वको सिजनमा नेपालको सबैभन्दा भरपर्दो उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले विशेष २०७९ को दशैंतिहार अफरहरूमा “उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको” योजना ल्याएको छ। केहि समय अधि मात्र सामसङले ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार!’ अफर सार्वजनिक गरेको थियो। अहिलेको यस योजनामा भने निःशुल्क इन्स्टलेसन लगायतका आफुले छनौट गरिएका उत्पादनहरूको खरिदमा ३०% सम्म क्यासब्याकको अफर उपलब्ध हुनेछ।

कम्पनीले ल्याएको यो अफर असोज १ देखि कार्तिक २९ गतेसम्म चल्नेछ। यदि तपाईं आफ्नो घरेलु उपकरणहरू अपग्रेड गर्ने योजना गर्दै हुनुहुन्छ भने टिभि, रेफ्रिजरेटर वा वासिङ मेसिनहरू खरिद गर्नको लागि यो उत्तम समय हो। यो अफर सामसङ टिभि, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागू हुनेछ। सामसङ टिभिहरू मार्फत, तपाईंले सामसङको प्रिमियम रेन्जका टिभिहरू मध्ये एउटामा अपग्रेड गर्नुभएमा निःशुल्क साउन्डबार सहित आफ्नो खरिदमा ३०% सम्म छुट प्राप्त गर्न सक्नुहुन्छ। यस्तै तपाईंले सामसङको रेफ्रिजरेटर खरिद गर्दा २५% सम्म र ब्रान्ड न्यु सामसङ वासिङ मेसिन खरिद गर्दा २२% सम्म छुट पनि प्राप्त गर्न सक्नुहुन्छ।

प्रिमियम रेन्जका टेलिभिजन सेटहरू मध्ये सामसङ क्रिस्टल फोर के युएचडी टिभिहरू छन्, जुन तिनीहरूको पावरफुल ’फोर के एचडी डिस्प्लेमा लाइफलाइक बिलियन ट्रु कलर’ हरूको लागि परिचित छ। ७५ इन्च वा सोभन्दा माथिको क्रिस्टल फोर के युएचडी टिभि खरिद गर्दा १५% सम्मको क्यासब्याकको साथमा निःशुल्क साउन्डबार पाउन सकिने छ।

सामसङ फ्रेम टिभिहरू टेस्टफुल्ली डिजाइन गरिएको टिभि हो जसले तपाईंलाई बेजेल विकल्पहरूको रेन्जका साथ तपाईंको आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन प्रदान गर्दछ। यो मोडेलको टिभिमा पनि निःशुल्क साउन्डबारको साथमा १८% सम्मको छुटमा खरिद गर्न सकिने छ। १००% क्वान्टम डट टेक्नोलोजीको कलर भोल्युम रहेको क्युएलईडी टिभिहरूको प्रत्येक मोडेलमा निःशुल्क साउन्डबारको साथमा १९% सम्मको छुट गराइएकोे छ।

Samsung Dashain Tihar offer 2079

फाइभ इन वन कन्भर्टिबल रेफ्रिजरेटरमा ३४५ लिटर क्षमताका मोडेलहरूदेखि ५५१ लिटरसम्म क्षमताका मोडेलहरूमा रेफ्रिजरेटर लाइनअपको कुनै पनि रेन्जको खरिदमा २५% सम्मको क्यासब्याक ग्यारेन्टीको साथ आउँदैछ। यस महोत्सवको अधिकतम लाभ लिन सकिने छ। यसको ५७९ लिटर क्षमता भएको फ्रेन्च डोर रेफ्रिजरेटर पनि २१% छुटमा उपलब्ध छ। यो रेफ्रिजरेटर यसको इनोभेटिभ कन्भर्टिबल फ्रेन्च डोरका लागि परिचित छ।

एआई इकोबबल वासर ड्रायरको ८ केजी तथा १२ केजी भेरियन्टमा २०% सम्मको क्यासब्याक ग्यारेन्टी सहित उपलब्ध रहेको छ। यसमा सजेस्टिभ साइकलको साथ पर्सनलाइज्ड लुगा धुने अनुभव पाउन सकिने छ। साथै ८ केजी तथा ९ केजी क्षमताको हाइजीन स्टीमको साथ आउने फ्रन्ट लोडमा २२% सम्म छुट पाउन सकिने छ।

सामसङ नेपालमा मात्र नभई विश्वभर उपभोक्ता इलेक्ट्रोनिक्सका लागि एक विश्वसनीय ब्राण्ड भएको छ, जसले प्राविधिक पक्षहरुमा निरन्तर रूपान्तरण र नवप्रवर्तनलाई पुनः परिभाषित गर्न परिचित छ।

छुटाउनै नहुने: नेपालमा ई–सिम वितरण सुरु, के हो ई–सिम?

कम्पनीले टिभिमा १ वर्ष वारेन्टी र थप १ वर्ष वारेन्टी प्यानलहरुमा दिइएको छ। डिआइटि कम्प्रेसर (रेफ्रिजेरेटर) र एसिमा १० वर्ष, डिआइटि मोटर (वासिङ्ग मेसिन) मा १० वर्षको वारेन्टी छ। आइएसओ १५५०२ मापदण्ड प्रयोग गरिएको आन्तरिक परीक्षणको आधारमा उपकरणहरुलाई एशोसियसन फर इलेक्ट्रिक, इलेक्ट्रोनिक एण्ड इन्फरमेसन टेक्नोलोजीज इन जर्मनी एसोसियसन फर इलेक्ट्रीकल, इलेक्ट्रोनिक एण्ड इन्फरमेसन टेक्नोलोजि इन जर्मनीले २१ वर्ष टिक्ने प्रमाणपत्र प्रदान गरेको छ।

सामसङले ग्राहकको सुविधाका लागि योजना अवधिभर खरीद गरिएका केही छनोट गरिएका प्रमुख उपकरणहरु निःशुल्क जडान गरिदिने व्यवस्था समेत गरेको छ। यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपालभर उपलब्ध रहेको छ।

Leave a Comment