नेपाल टेलिकमको सजिलो प्रिपेड कम्बो अफर: पूरा विवरण

शेयर गर्नुहोस

नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले यही असोज २ गतेदेखि रु. १९९ देखि रु. ६९९ सम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो ।

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत रु. १९९ मा ४२०० एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । त्यस्तै रु. ३४९ मा १४,००० एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध छ ।

सम्बन्धित समाचार: नेपाल टेलिकमको इन्डिया भ्वाइस प्याक सार्वजनिक | पुर्ण विवरण

यसैगरी रु. ४९९ मा १९,६०० एमबी (दैनिक ७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत रु. ६९९ मा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा रु. ९८ मा २८ दिन भित्रमा जम्मा ६०० वटा र रु. ६० मा जम्मा ३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।

सजिलो प्रिपेड कम्बो अफरमुल्यअवधि
३०० एसएमएसरु. ६० २८ दिन
६०० एसएमएसरु. ९८ २८ दिन
४२०० एमबी (दैनिक १५० एमबी) डाटा
४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी र ४२० एसएमएस (दैनिक १५)
रु. १९९ २८ दिन
१४,००० एमबी (दैनिक ५०० एमबी) डाटा
१४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी र १४०० एसएमएस (दैनिक ५०)
रु. ३४९ २८ दिन
१९,६०० एमबी (दैनिक ७०० एमबी) डाटा
१९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी र १९६० एसएमएस (दैनिक ७०)
रु. ४९९ २८ दिन
२८ जिबी (दैनिक १ जिबी) डाटा
२८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी र २८०० एसएमएस (दैनिक १००)
रु. ६९९ २८ दिन

यस अफर उपयोग गर्न, आफ्नो मोबाइलबाट *१४१५# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सकिन्छ ।


शेयर गर्नुहोस

Leave a Comment