नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा असोज ९ गतेदेखि असोज २३ गते सम्म लागु हुने गरि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको “दशैं अफर” ल्याएको छ। त्यस्तै अर्को अग्रणि टेलिकम प्रदायक एनसेलले पनि केहि दिन अघि ‘दशैं रिचार्ज बोनसअफर’ सार्वजनिक गरेको थियो।
नेपाल टेलिकमको दशैं अफर अन्तर्गत पर्ने यस डाटा प्याकमा रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध रहेको छ। त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध छ। यी अल टाइम प्याकहरु जुनसुकै समय पनि प्रयोग गर्न सकिन्छ।
यो पनि पढ्नुहोस्: नेपाल टेलिकमको सजिलो प्रिपेड कम्बो अफर: पूरा विवरण
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध हुनेछ। रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध रहने छ भने पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क भोल्टे सेवा पनि उपलब्ध रहेको छ।
नेपाल टेलिकमको दशैं अफर | मुल्य | अवधि |
२० जीबी डाटा | रु. २९४ | १० दिन |
६ जीबी डाटा | रु. ९८ | ३ दिन |
१ एमबीपीएस डाटा र अननेट अनलिमिटेड भ्वाइस प्याक | रु. ४९ | १ दिन |
नेपाल टेलिकमको दशैं अफर | बोनस | अवधि |
रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा | ५०० एमबी डाटा | २ दिन |
रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा | १,०२४ एमबी डाटा | ४ दिन |
पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्दा | २०० मिनेट | २८ दिन |
ग्राहकहरुले उल्लेखित प्याकेजहरु १४१५ डायल गरि प्राप्त गर्न सक्नेछन्। साथै कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ। तपाईलाई नेपाल टेलिकमको यो अफर कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया तल कमेन्ट गर्नुहोला।