डिश होमले ल्यायो १ जीबीपीएस इन्टरनेट प्याकेज, कति पर्छ शुल्क?

डिश होमले १ जीबीपीएस इन्टरनेट प्याकेजको सुरुवात गरेको छ। कम्पनीले यो प्याकेज आफ्नो “डिश होम एलिट इन्टरनेट प्लान” अन्तर्गत सार्वजनिक गरेको हो भने यस प्याकेजलाई कम्पनीले अल्ट्राम्याक्स १ जीबीपीएस प्याकेज पनि भनेको छ। यसका साथै, दिश होम अब नेपालमा गिगाबिट इन्टरनेट प्याकेज ल्याउने केही इन्टरनेट सेवा प्रदायकमध्येको एक बन्न सफल भएको छ ।

कम्पनीले यो योजना प्राथमिक वाइफाइ ६ राउटरको साथ ल्याएको छ। अल्ट्रा-हाई-स्पीड सेवा स्ट्रिमिङ, अनलाइन गेमिङ, भिडियो कन्फरेन्सिङ, आदिको लागि यो इन्टरनेट प्याकेजको प्रयोग गर्न सकिन्छ।

कम्पनीका अनुसार यो इन्टरनेट प्याकेजले एकसाथ ६४ वटा उपकरणहरूलाइ उच्चा गतिको इन्टरनेट सेवा प्रदान गर्न सक्दछ ।

यो पनि: वर्ल्डलिंकको कुल ग्राहक संख्या १० लाख पुग्यो

कति पर्छ डिश होमको १ जीबीपीएस इन्टरनेट प्याकेज

डिश होमको १ जीबीपीएस इन्टरनेट प्याकेज वार्षिक सदस्यताको लागि ४८,४७४ रुपैयाँ (भ्याट सहित) पर्दछ । यसका साथै, ग्राहकहरूले ५ लाख रुपैयाँसम्मको जीवन बीमा र गिगाहोम मेश नोड भनिने वाइफाइ एक्सटेन्डर पनि प्रदान गर्ने छ। कम्पनीले यो इन्टरनेट प्याकेज लिनेलाई ह्वावेद्वारा निर्मित वाइफाई ६ राउटर उपलब्ध गराउने छ ।

डिश होमले १ Gbps इन्टरनेटको सुरुवात गरेपछि यो गिगाफाइबर योजना प्रदान गर्ने सिमित प्रदायकहरुमध्येको एक बनेको छ। अहिलेसम्म वर्ल्डलिंक, भायानेट र क्लासिक टेकले १ Gbps इन्टरनेट प्याकेजहरू सुरु गरिसकेका छन्। अब, यो सुपर-फास्ट इन्टरनेटमा प्रतिस्पर्धा अझ तीव्र भएको छ।

पढ्नुहोस: भायानेटले ल्यायो साम्बा प्याक, उच्च गतिको इन्टरनेट सुपथ मुल्यमा

Leave a Comment