नेपाल टेलिकम (एनटीसी) ले फागुन १५, २०८१ बिहीबारदेखि अनलाइन रिचार्जको न्यूनतम रकम रु ५० तोकेको छ। त्यसैले, अबदेखि, टेलिकमका प्रयोगकर्ताहरूले आफ्नो एनटिसी सिम रिचार्ज गर्न कम्तिमा रु ५० खर्चिन पर्ने हुन्छ ।
यसअघि कम्पनीले प्रयोगकर्ताहरूलाई रु ५० भन्दा कम अर्थात रु १० मै पनि रिचार्ज गर्न अनुमति दिएको थियो। त्यसैले, केही प्रयोगकर्ताहरूले आगमन कलहरूबाट लाभ उठाउन वा कल गर्न रु १० टप-अप गर्न सक्थे। यद्यपि, नयाँ नियमले प्रयोगकर्ताहरूलाई न्रुयुनतम रु ५० खर्च गर्न आवश्यक पर्ने बताएको छ।
एनटीसी प्रयोगकर्ताहरूले अब डिजिटल वालेट, मोबाइल बैंकिङ एप र एमपीओएसमा कम्तिमा रु ५० मा आफ्नो सिम कार्ड रिचार्ज वा टप-अप गर्न सक्छन्।
यो पनि: नेपाल टेलिकमको भोइस ओवर वाइफाई कसरि प्रयोग गर्ने?
यो निर्णय पछि, डिजिटल वालेट र मोबाइल बैंकिङ एपहरूले नयाँ नीति लागू गर्न थालिसकेका छन्। डिजिटल वालेटहरू इसेवा र खल्तीले नीतिको पुष्टि गर्दै अब एनटीसी सिम टप-अप गर्न कम्तिमा रु ५० खर्च गर्नुपर्ने बताएका छन्।
टेलिकमको यो निर्णयप्रति सामाजिक संजाल विभाजित बनेको छ । कसैले यो निर्यणयको स्वागत त कसैले विरोध गरेका छन् । यद्धपि निजि स्वामित्वको दुरसंचार प्रदायक एनसेलले पनि यसै प्रकारको नीति अवलम्बन गरिसकेको छ ।